बच्चा मार्ने नेपाली युवतीलाई अमेरिकामा दश बर्ष जेल


सजायँ काटेपछि नेपाल फर्काइने
१६ चैत, न्यूयोर्क – नवजात शिशु हत्या गरेको अभियोगमा अमेरिकाको न्यूयोर्कमा एक नेपाली युवतीलाई दश बर्ष जेल सजायँ सुनाइएको छ ।क्विन्स जिल्ला अदालतका न्यायाधीश लेनोरा गेराल्डले नेपाली युवती दावा लामालाई नवजात शिशु हत्या गरेको अभियोगमा दश बर्ष जेल सजायँ सुनाउँदै सजायँ सकिन साथ नेपाल डिपोर्ट गर्न आदेश दिएका छन् । गत मे १० तारिखमा स्थानीय इल्महष्र्ट अस्पतालको बाथरुपमा छोरी जन्मएकी २४ बषिर्या दावा लामाले डष्टविनमा वच्चा फ्याँकेर घर फर्किएकी थिइन् ।

न्यायाधीशसामु उपस्थीत भएकी लामाले आफ्नो अपराध स्वीकार गरेको सन्नीसाइड पोष्टले जनाएको छ । अबिबाहित दावाले आफ्ना प्रेमीको गर्भ बोकेको प्रहरीलाई बयान दिएकी थिइन् । प्रसुतीका लागि भर्ना हुन अस्पताल पुगेर नाम लेखाएपछि पेट दुखेर बाथरुम छिरेको र त्यहीं बच्चा जन्माएको उनले स्वीकारिन् ।

जिउँदै बच्चालाई फोहोरमा फालेर आफ्नै अपार्टमेन्टमा आएर सुतेकी लामालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले वच्चालाई जिवितै भेटेको भएपनि उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

Source: Onlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.