चट्याङ र हाइभोल्टेजले ३ को मृत्यु, १० घाइते


ध्रुव दंगाल, चौतारा, चैत १६- हावाहुरीसँगै परेको चट्याङ र उच्च विद्युत प्रवाहबाट सिन्धुपाल्चोकमा गएराति तीन जनाको मृत्यु भएको छ। घटनामा अन्य १० जना घाइते भएका छन्। छुट्टाछुट्टै घटनामा हाइभोल्टेजबाट दुई र चट्याङबाट एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ। राति नौ बजेतिर हावाहुरीसँगै चट्याङको आवाज आएको थियो भने योसँगै हाइभोल्टेज जाँदा विद्युत आपूर्ति अवरुद्ध समेत भएको थियो।
अत्यधिक विद्युत प्रवाह हुँदा बाह्रविसे-४ धार्पाका २७ वर्षीय मिनबहादुर लामाको ज्यान गएको छ। गड्याङगुडुङको आवाजसँगै विद्युतको मेनस्वीच बन्द गर्न लाग्दा करेन्ट लागेर उनको घटनास्थलमै ज्यान गएको डिएसपी बसन्त लामाले नागरिकन्यूजलाई बताए।

उनका अनुसार सोही ठाउँका ६० वर्षीय केरबहादुर लामा, ४५ वर्षीया भीमकुमारी लामा, १८ वर्षीय विमला लामा, १६ वर्षीय विजय लामा र २४ वर्षीय रुवेन्द्र लामा घाइते भएका छन्। घाइतेमध्ये अवस्था गम्भीर रहेका केरबहादुर र भीमकुमारीको काठमाडौंको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अन्यको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा उपचार भइरहेको छ।

त्यस्तै स्याउले-२ का २२ वर्षीय डम्बर श्रेष्ठको हाइभोल्टेजबाट मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा अरु तीन जना घाइते भएका छन्। उनीहरुको चौतारा जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उता चट्याङ लागेर पश्चिमी सिन्धुपाल्चोकको दुबाचौर-८ का ७५ वर्षीय नरबहादुर गिरीको ज्यान गएको छ। पाल्चोक गाविस-१ का सिताराम गिरीको घरमा चट्याङ लागेको हो। नरबाहदुर पाहुना आएका थिए। यहाँ अरु दुई जना घाइते भएका छन्। चट्याङले ६ बाख्रासमेत मरेका छन्।

source: Nagarik 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.