Daily Archives: 28/03/2012

कोरियाबाट अति सस्तो दररेटमा रेमिटेन्स


 सउल, दक्षिण कोरिया ,
दक्षिण कोरिया स्थित कोरिया एक्सचेन्ज बैंक (KEB)ले नेपालस्थित नेबिल बैंक नेपालमा पैसा पठाउदा लाग्ने फिमा ५० प्रतिशत देखी १०० प्रतिशत सम्म कम गरेको समचार कोरियामा मार्केटि¨को जिम्मेवारी सम्हालीरहेको श्रमिक रेमिट कम्पनीले जनाएको छ । यो भारी डिस्काउन्ट योजनालाई कोरिया एक्सचेन्ज बैंक लिमिटेटले “ग्राहक प्रसंसा तथा नयां शुरुवात अभियान” नामाकरण गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

हार्दिक निमन्त्रणा !!!


 

 

 

अस्ट्रेलियाले भिसा नीति खुकुलो पार्‍यो


रुबी रौनियार, काठमाडौं, चैत १५- अस्ट्रेलिया सरकारले उच्च शिक्षामा अन्तर्राष्ट्रिय क्षेत्रका विद्यार्थीको पहुँच पुर्‍याउन भिसा नीति खुकुलो पारेको छ। अप्रिल १ देखि लागु हुने स्ट्रिमलाइन्ड भिसा नीतिमा उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया जाने विद्यार्थीले अब धेरै कागजात देखाउनु पर्नेछैन। पढ्नेक्रम जारी राख्नुहोस्

प्रबासी दक्षिण एसियाली फुटबल(E-SAF-C) को लागि सम्भाबित नेपाली खेलाडिहरुको छनोट सगै प्रतिकृया आउन सुरु,सबैको साझा चौतारी हो क्लब


ईन्द्र भूषाल,कुवेत

कुनै टिमका खेलाडिहरुलाई पाखा र कसैलाई काखा पनि गर्ने छैन किनकी क्लब सम्पूर्ण नेपालीहरुको साझा चौतारी हो । 
 
माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले सन्चालन गर्ने प्रबाशी दक्षिण एसियाली फुटबल (E-SAF-C) प्रतियोगिताको तयारीको लागि हिजो सम्भाबित नेपाली दुई टिमका खेलाडीहरुको नामवाली सम्पूर्ण नेपालीहरुको बिचमा जानकारीको लागि सार्वजनिक गरिएको छ । कुवेतमा मौलाएको नेपाली फुटबल केही वर्ष पहिलाको तुलनामा यो पटक अतिनै चर्चामा रहेको छ ।

पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी सभासद्‍को नाममा परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ


काठमाडौँ, चैत १५ – माओवादी सभासद्को नाममा परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी रौतहटको जनज्योति उच्च मावि परीक्षा केन्द्रबाट आज पक्राउ परेका छन्। साहित्य लामा नामका ती परीक्षार्थीले सभासद् प्रेमबहादुर पुलामीको नाममा परीक्षा दिइरहेको भेटिएको थियो। सभासद् पुलामी मकवानपुरको क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद् हुन्। उनी संसदको राष्ट्रिय हितको संरक्षण समिति र सार्वजनिक लेखा समितिका समेत सदस्य हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

बिहानको भूकम्पले ताप्लेजुङका तीन घरमा क्षति


पूर्वी नेपालका अधिकांश जिल्लामा महसूस-
खगेन्द्र अधिकारी, ताप्लेजुङ, चैत १५- आज बिहान सबेरै गएको भूकम्पले ताप्लेजुङको ती घरमा क्षति पुगेको छ। खेवाङ ४ का गायत्री पौडेल, ओदराज दाहाल, र बछलादेवी भट्टराइको घरको भित्ता लडेको खेवाङबाट स्थानीय रम्मी आचार्यले जानकारी दिए।
गत असोजमा गएको भूकम्पपछि मानिस अझै पालमुनि भएकोले मानवीय क्षति भने हुन नपाएको आचार्यले जानकारी दिएका छन्। घर भत्कन लागेकोले कुनै पनि बेला घर भत्किने डरले घरभित्र अन्न पात र लत्ताकपडामात्र राखेको पनि बताइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्