Daily Archives: 26/03/2012

E-SAF-C खेलको लागि सम्भावित दुई नेपाली टिमका खेलाडीहरुको छनौट प्रकृया पुरा


“खेलाडीहरु क्लबले तोकेको ठाउँमा अनिबार्य अभ्यासमा सहभागी हुनुपर्ने”

ईन्द्र भुसाल, कुवेत

माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले २० अप्रिल उप्रान्त आयोजना गर्न गैरहेको प्रबासी दक्षिण एसियाली फूटबल प्रतियोगिताको लागि सम्भाबित दुई नेपाली टिमका खेलाडीहरुको छनौट प्रकृया पुरा भएको छ । माउन्ट एभरेष्ट एम.बि बमजन गोल्डकप देखी कुवेतमा आयोजना गरिएका फुटबल खेलहरुमा राम्रो खेल पर्दशन गरेका र अनुशासित खेलाडीहरुलाई उक्त म्याचहरुमा सकृय टिमका क्याप्टेन र टिम मेनेजर र रेफ्रीहरुको सल्लाह सुझाब बमोजिम नेपालले तयार गर्नु पर्ने दुई टिमको लागि सम्भाबित खेलाडी छनौट गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

आउँदो ६ अप्रिलमा अन्तर नेपाली फुटबल खेल सम्बन्धी सुचना !!!


सुचना !!!

आदर्णीय कुवेत बासी खेल प्रेमी दाजुभाई तथा दिदीबहिनी साथै खेलाडी साथीहरुमा यो सुचित गरिन्छ कि भर्खरै यस कुवेत नगरिमा उदाएको हाम्रो प्रदेशी नेपाली परिवार कुवेतले नेपाली माझ एक आपसमा भाई चाराको नाता एकत्रित सङ्गठित कायम रहोस् भन्ने मन्सायले हामीले यही आउदो ०६ अप्रिलमा अन्तर नेपाली फुटबल खेल गराउन गइरहेको हुँदा सम्पूर्ण संघ सस्था, बुद्दीजिबी बर्गाहरु, तथा टिमहरुलाई यस प्रतियोगितामा सहभागी भई खेलको सोभा बढाइ दिनुहुन हामी बिनम्र अनुरोध गर्दछौ । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा फूटबल खेलको बाढी


ईन्द्र भूषाल, कुवेत

वर्षा लाग्यो सररर भेल बाढी पैरो ,बिर्सु भन्छु सररर सम्झना झन गैरो ,,,,,,,,,,,,,

आज भन्दा ४ वर्ष अगाडि सम्म नेपाली कार्यक्रम,खेलकुद वा कुनै जमघट कहिले होला भनेर कान थापेर र आँखा ताकेर बस्नु पर्ने अवस्था थियो । कहिले काँही नयाँ नेपाल युवा क्लबले कार्यक्रम गर्थे भने बर्षको एकपटक माउन्ट एभरेष्ट क्लबले गोल्डकप सन्चालन गरेर नेपाली फुट्बल प्रेमीहरुलाई एकजुट बनाउने काम गर्दथ्यो । अब पहिलाको परिबेश केवल सम्झना र काहानी जस्तो भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली फुटबल खेलाडीमा छैन अनुशासन


अजय फुयाल, काठमाडौं, चैत १३- ‘हाम्रा साथीहरुमा अनुशासन, प्रतिबद्धता र मेहनत छैन, त्यसैले हामी सफल हुन नसकेका हौ,’ च्यालेन्ज कपमा गोल र अंकरहित भएर समूह चरणबाटै बाहिरिएपछि नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडीले भने। उनकै विचारलाई मान्ने हो भने खेलाडीमा देशका लागि खेल्ने भावनाभन्दा बढी व्यक्तिगत ‘स्टारडम’ भरिएको छ। अधिकांश खेलाडी आफ्ना प्रेमिका प्रभावित गर्न वा व्यक्तिगत उपलब्धीका लागि राष्ट्रिय जर्सीको उपयोग गरिरहेका हुन्छन्। पढ्नेक्रम जारी राख्नुहोस्

सरकार मरिसक्यो, आइसियुमा जसोतसो बचाएर राखिएको छ – गजुरेल


राजविराज, चैत १३- एकीकृत नेकपा (एमाओवादी)का सचिव सिपी गजुरेलले सरकारको क्लिनिकल्ली डेथ भइसकेको बताउँदै आइसियुमा राखेर जसोतसो बचाइएको बताएका छन्।  राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने- ‘मृत मानिसलाई स्वास्थ्य संयन्त्र र विज्ञान प्रविधिले बचाएजस्तै मृत सरकारलाई संयन्त्र र प्रविधिले मात्र बचाएको जस्तो अवस्था छ।’
पढ्नेक्रम जारी राख्नुहोस्