Daily Archives: 25/03/2012

मेरो शहर कति झल्ला छ


प्रेम ओली

यहाँ
खसिको मासु पाईन्छ भन्ने ठाउमा
बुढी बाख्री काटिन्छ
भागवानको घरमा नयाँ जुता
पुरानो जुता सँग साटिन्छ
हरेक दिन
नयाँ कुराको हल्ला छ
तपाईंलाई के थाहा
मेरो शहर कति झल्ला छ । पढ्नेक्रम जारी राख्नुहोस्

सधैं प्रशंसा, सधैं विफल!


अजय फुयाल- नेपाली फुटबलले औपचारिक रूपमा अन्तर्राष्ट्रिय मान्यता पाउनुअघि जापानी खेलाडीले नेपालको भविष्य राम्रो भएको बताएका थिए रे। अच्युतकृष्ण खरेलको कप्तानीमा नेपाली टोलीले जापानमा खेल्दा विपक्षीबाट नेपाली फुटबलले भविष्यमा राम्रो गर्न सक्ने भन्दै प्रशंसा गरेको तत्कालीन टोलीका सदस्यहरू सगौरव सुनाउँछन्। पढ्नेक्रम जारी राख्नुहोस्

प्रधान मन्त्रीको दोहोरो चाला


किरण भण्डारी,

 काठमाडौं, चैत १२ – वैदेशिक रोजगार विभाग महानिर्देशक पूर्णचन्द्र भट्टराईको सरुवा विवादमा मुछिएर पदच्यूत्त भएलगत्तै शुक्रबार श्रममन्त्री सरिता गिरीले प्रतिक्रिया दिइन्, ‘मेरो हैसियत सत्ता टिकाउन वा गिराउन सक्ने नभएकाले मलाईमात्र दण्डित गरिएको हो।’ प्रधानमन्त्री बाबुराम भट्टराईको सत्तासिमेन्ट बनेको मधेसी मोर्चामा आबद्व दल र माओवादी मन्त्रीले जति मनपरि गर्दा पनि छुट पाइरहेको आरोप उनले लगाइन्। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा बुद्ध जयन्ती दोश्रो चोटि भब्य रुपमा मनाईंदै..


गौतम बुद्धको शान्तिका सन्देशलाई देशका नेताले किन गर्छन् उलंघन ?

ईन्द्र भूषाल, कुवेत

जती बेला कलकते काईंयो भन्ने गीत मालियाको एसिया-एसिया होटलमा गुन्जिएको थियो अब त्यो पल सदा सम्झनाको तरेलिमा एउटा रमाईलो पक्ष बनेर बसिरहने छ । नेपाल तामाङ घेदुङ कुवेतले भगवान गौतम बुद्धको जन्म जयन्तीको अबसर पारेर नेपालका चर्चित गायक अभिनाश घिसिङलाई बोलाई बुद्ध जयन्ती संगीतमय बनाएको थियो । समयको चक्र घुम्ने क्रमसँगै अब फेरी हाम्रो सामु उनै भगवान गौतम बुद्धको २५५६औं जन्म जयन्ती अगाडि आएको छ । संसारभर शान्तिको सन्देश छर्न सफल नेपाली पवित्र भुमिमा जन्मनु भएका भगवान गौतम बुद्धको जन्म जयन्ती आफैमा गौरबमय छ नेपाल र नेपालीहरुको लागि पनि । पढ्नेक्रम जारी राख्नुहोस्