Daily Archives: 23/03/2012

नेपालका चर्चित गायिकाद्वय तुलसा वाइबा र इन्दिरा योन्जनको जोडी अब कुवेतमा


अमृत तामाङ, कुवेत

नेपाल तामाङ घेदुङ, कुवेतका अध्यक्ष श्री राम बहादुर लामा घलानको अध्यक्षतामा आज कुवेतको मुर्गाफास्थित सोल्टि नेपाली होटलमा बसेको कार्यकारिणी समितिको बिशेष बैठकले आगामी २५ मे २०१२ को दिन, २५५६औं बुद्ध जयन्ती भब्य तरिकाले मनाउने निर्णय गरेको छ । बैठकमा घेदुङ कुवेतका प्रथम उपाध्यक्ष डुनडुप तामाङ, दित्तिय उपाध्यक्ष अर्जुन तामाङ, कलाकार संयोजक श्याम लामा, कलाकार उपसंयोजक डि.बी. लोप्चन, प्रवक्ता सुरेश ग्यापा, न्रित्य प्रशिक्षक डुप्चन तामाङ तथा सन्जु तामाङ, सदस्यहरु पेम्बा तामाङ, रत्ना मोक्तान लगायत दुई दर्जनभन्दा बढी महानुभाबहरुको उपस्थिति रहेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

नव-प्रतिभा युवा क्लवको भलिबल प्रतियोगितामा १६ नेपाली टिमहरु सहभागी


कुवेतनेपाल, एड्मिन

“सम्पूर्ण सहभागी टिमहरुलाई बिहानको ठीक ७ बजे खेल मैदानमा उपस्थित हुन आयोजकको आग्रह”

चैते दशैंको अवसरमा खेलप्रेमी कुवेतवासी नेपालीहरुबीच शुभकामना सन्देश आदान-प्रदान गर्ने उद्देश्यसहित जोशिला युवाहरुको जमात नव-प्रतिभा युवा क्लवले कुवेतमा आगामी ३० मार्च २०१२ शुक्रबारको दिन, आयोजना गर्ने अन्तर-नेपाली खुल्ला भलिबल प्रतियोगितामा कुवेतस्थित १६ नेपाली टिमहरुले सहभागीता जनाएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

क्लब कार्यसमितीको बैठक सम्पन्ह,रिक्त सह-सचिब र सुरक्षा बिभाग उप-प्रमुखमा जितेन थिङ र आनन्द श्रेष्ठ नियुक्त


ईन्द्र भूषाल,कुवेत

माउण्ट  एभरेष्ट स्पोर्टटिङ  क्लब काठमाडौं कुवेत को १५१ औ बैठक आज कुवेतको मुर्गाब स्थित होटेल सोल्टीमा सम्प्न्ह भयो । क्लब अध्यक्ष धर्मराज गिरीको अध्यक्षतामा बसेको बैठकले प्रबासी दक्षिण एसियाली (E-SAF_-C)फूटबल खेल सन्चालनको लागि आवश्यक  तयारीको ’boutमा बिबिध निर्णय गर्दै सम्पूर्ण सदस्य साथीहरुलाई सक्रिए भएर अगाडि बढ्न समेत आग्रह  छ । पढ्नेक्रम जारी राख्नुहोस्

इयरफोनको विज्ञापनमा केट


मोडेल केट अप्टन हलिउडकी कामुक र सुन्दरी मोडेल हुन् । खुला छाडेको कपाल र बिकिनीमा सजिएकी केटका पारखी धेरै छन् ।तर अब केट अप्टन बिकिनीको विज्ञापनमा मात्र सिमित रहिनन् उनले हालै एक कम्पनीले उत्पादन गरेको इयरफोनको विज्ञापनमा समेत अभिनय गरेकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

यस्तो बन्दैछ काठमाडौंमा रेल संजाल


बानेश्वरको फ्लाईओभर यसै बर्ष सुरु हुने
१० चैत, काठमाडौं – अस्तब्यस्त काठमाडौंको यातायातलाई ब्यबस्थित बनाउन ल्याउने भनिएको काठमाण्डौं मेट्रो रेलको प्रारम्भिक खाका तयार भएको छ । रिङ रोडभित्र चार र रिङरोडको चक्कर लगाउने गरि एक गरि ५ वटा लाइन प्रस्ताव गरिएको रेलवे संजालले काठमाडौंका सवै मुख्य स्थानलाई जोड्ने छ । पढ्नेक्रम जारी राख्नुहोस्

भ्रष्टाचार गर्न नमानेपछि मलाई हटाइयो : निवर्तमान मन्त्री सरिता गिरी


सरकारलाई दिएको समर्थन फिर्ता-
काठमाडौं, चैत १० – शुक्रबार मात्र प्रधान मन्त्री बाबुराम भट्टराईले हटाएका श्रम मन्त्री सरिता गिरीले आफूले भ्रष्टाचार गर्न नमानेकाले हटाइएको दाबी गरेकी छिन्। ‘मलाई चार वटा नयाँ म्यान पावर दर्ता गर्न दबाब थियो, मानिन। त्यसैले मलाई भ्रष्टाचार गराउने योजना असफल भएपछि हटाइएको हो- उनले भनिन्। पढ्नेक्रम जारी राख्नुहोस्