९ चैत, काठमाडौं – सेना समायोजन विशेष समितिको बैठक विहिबार बस्दैछ । विशेष समितिको सचिवालय नयाँ बानेश्वरमा अपराह्न बस्ने बैठकमा लडाकु समायोजन प्रक्रिया अघि बढाउने’bout छलफल हुनेछ । दर्जा निर्धारणलगायतका प्राविधिक विषयमा सहमति नजुट्दा लडाकु समायोजन प्रक्रिया सुरु हुन सकेको छैन ।
बैठकले दर्जालगायतका विषयमा निर्णय गर्ने बताइएको छ । माओवादीले आफ्ना लडाकुलाई बि्रगेडियर जनरल दिनुपर्ने माग गर्दै आएको छ भने कांग्रेस र एमालेले मजेरभन्दा माथिल्लो दर्जा दिन नसक्ने बताएका छन् । लडाकुलाई कर्नेलसम्म दिने मध्यमार्गी प्रस्तावमा दलहरु सहमति नजिक रहेको बताइएको छ ।
Source: Onlinekhabar