म्यान्चेष्टर सिटीद्धारा चेल्सी पराजित


९ चैत, काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले बलियो प्रतिद्धन्द्धी चेल्सीलाई पराजित गरेको छ । जितसँगै सिटीले लिग लिगड म्यान्चेष्टर युनाइटेडसँगको अंक दुरी १ मा झारेको छ । जितपछि सिटीको २९ खेलबाट ६९ अंक भएको छ भने लिग लियर म्यान्चेष्टर युनाइटेडको समान खेलबाट ७० अंक रहेको छ । बुधबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ६० औं मिनेटमा गोल गर्दै अग्रता लिएको चेल्सीले त्यसलाई जोगाउन सकेन ।

७८ औं मिनेटमा पाएको पेनाल्टीमा एर्जिओ एग्युरोले बराबरी गोल फर्काए भने ८५ औं मिनेटमा समिर नासरीले विजयी गोल गरे । कार्लोस टेभेज सात महिनापछि मैदान उत्रिएका थिए । उनी खेलको ६६ औं मिनेटमा सब्सिच्युटका रुपमा मैदान प्रवेश गरेका हुन् ।

च्याम्पिन्स लिगमा गत सेप्टेम्बरमा बायन म्युनिख विरुद्ध मैदान उत्रन अस्वीकार गरेपछि प्रशिक्षक रोबर्ट मान्सिनीले उनलाई खेल्न दिएका थिएनन् ।

बुधबार राति नै भएको खेलमा टोटनह्यामले स्टकसँग १–१ गोलको बराबरी खेल्दा आर्सनलले इभर्टनलाई १–० ले पराजित गरेको छ । जितपछि आर्सनल तेस्रो स्थानमा उक्लिएको छ । उसको २९ खेलबाट ५५ अंक भएको छ भने चौथो स्थानमा झरेको टोटनह्यामको समान खेलबाट ५४ अंक छ । अर्को खेलमा लिभरपुल भने क्यूपिआरसँग ३–२ गोलले पराजित भएको छ ।

Source: Onlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.