वान कि मुनको नेपाल भ्रमण तत्कालका लागि रोकियो


काठमाडौं, चैत ८ – चर्चा र विवादको चुरोमा रहेको राष्ट्रसंघका महासचिव वान कि मुनको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको छ। राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिध रोवर्ट पाइपरले टुइटरमार्फत् भ्रमण रिसेड्युल्ड (हेरफेर) भएको जानकारी दिएका छन्। लुम्बिनी सम्मेलनमा आउने मनस्थिति बनाएपछि मुनलाई सरकारले औपचारिक निम्तोसमेत गरेको थियो। तर, केही राजनीतिक दलका नेता र व्यक्तिहरु ‘उनले अहिल्यै भ्रमण गर्न नहुने’ अभिव्यक्ति दिँदै आएका थिए। पाइपरले आफ्नो टुइटमा जारी शान्ति प्रकृयामा असर नपरोस र लुम्बिनी सम्मेलनमा थप तयारी गर्नका लागि मुनको भ्रमण स्थगित भएको सूचना दिएका छन्।

वैशाख १६ मा हुन लागेको लुम्बिनी सम्मेलनमा उनी आउने लगभग पक्का थियो।

उच्चस्तरीय लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिको निमन्त्रणामा उनी नेपाल आउन लागेका थिए। लुम्बिनीलाई शान्ति क्षेत्रका रूपमा विकास गर्न सरकारले गत असोज ३० गते एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा ‘उच्चस्तरीय लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति’ गठन गरेको थियो। दाहाल लगायत समितिका सदस्यले कात्तिक २३ गते अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघको कार्यालयमा मुनलाई भेटी नेपाल आउन निम्तो दिएका थिए। दाहाल प्रमुख रहेको संस्थाको निम्तोमा महासचिव मुन आउन नहुने तर्क गर्दै कानुन व्यवसायी, दलका नेताहरुलगायतले विरोध जनाएका थिए।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.