८ चैत, काठमाडौं – लिओनल मेस्सी बार्सिलोनामा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । ला लिगामा मंगलबार राति गर्नाडाविरुद्धको खेलमा ह्याटि्रक गरेका मेस्सीले सिजर रोडरिग्बेजको ६० वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । सिजरले बार्सिलोनाका लागि दुई सय ३२ गोल गरेका थिए । बार्सिलोनाबाट आठौं सिजन खेलिरहेका मेस्सीले दुई सय ३४ गोल गरेका छन् । लगातार तीनपटक फिफा प्लेयर अफ दि इयरको उपाधि पाएका यसै सिजन मात्र ५४ गोल गरिसकेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 21/03/2012
केटी बनिन् ‘सेलिब्रेटी मम अफ दी इअर’
मोडेले केटी प्राइस यो वर्षको सबैभन्दा चर्चित सेलिब्रेटी आमा बनेकी छिन् । यसअघि सन् २००७ मा पनि यो उपाधि जितेकी केटीले दोश्रोपटक सेलिब्रेटी ममको उपाधिमा कब्जा जमाएकी हुन् । तीन सन्तानकी आमा प्राइस एकल महिला पनि हुन् ।‘आमा बन्नु दुनियाको सबैभन्दा पुरस्कृत काममध्ये एक हो र यो निकै कठीन काम पनि हो’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
आज दिन र रात बराबर
८ चैत, काठमाण्डौ – आज मार्च २१ तारिख । अर्थात् आज दिन र रात बराबर हुने संयोग । वर्षको दुइ पटक मार्च २१ र सेप्टेम्बर २३ तारखेमा दिन र रात बराबर अर्थात् १२-१२ घण्टाको हुन्छ । मार्च २१ पछि भने क्रमशः दिन लामो हुँदै जान्छ र रात छोँटो हुँदै जान्छ । दिन लामो हुने क्रममा जुन २१ तारेखसम्म रहन्छ । २१ जुनमा भने सबैभन्दा लामो दिन र सबैभन्दा छोटो रात हुन्छ । यसपछि पुनः दिनको समयावधि कम हुँदै सेप्टेम्बर २३ मा आजजस्तै दिन र रातको समय बराबर हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
वान कि मुनको नेपाल भ्रमण तत्कालका लागि रोकियो
काठमाडौं, चैत ८ – चर्चा र विवादको चुरोमा रहेको राष्ट्रसंघका महासचिव वान कि मुनको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको छ। राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिध रोवर्ट पाइपरले टुइटरमार्फत् भ्रमण रिसेड्युल्ड (हेरफेर) भएको जानकारी दिएका छन्। लुम्बिनी सम्मेलनमा आउने मनस्थिति बनाएपछि मुनलाई सरकारले औपचारिक निम्तोसमेत गरेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
परीक्षा दिँदादिँदै ‘रिजल्ट’ जन्मियो
सिद्धराज राई, धनकुटा, चैत ८ – धनकुटाको ठाकुरदेवी परीक्षा केन्द्र थलथलेबाट एसएलसी परीक्षा दिइरहेकी मिना राईले छोरा जन्माएकी छिन्। बुधबार नेपाली विषयको परीक्षा दिनको लागि परीक्षा हलमा पसेर उत्तरपुस्तिका लेख्न थाले पछि उनलाई सुत्केरी बेथाले च्यापेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार