Daily Archives: 20/03/2012

ट्वान्टी-२० विश्वकप खेल्न नेपालको सपना चकनाचुर


७ चैत, काठमाडौं – नेपाल, आईसीसी विश्वकप ट्वान्टी-२० छनोट क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ ।मंगलबार भएको समूह चरणको अन्तिम खेलमा क्यानडासँग १८ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्न सपना चकनाचुर भएको छ । क्यानडाले प्र्रस्तुत गरेको १ सय २ रनको लक्ष्य १३ ओभरका भेट्टाएको भए नेपाल प्ले अफका लागि छानिने थियो । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधान मन्त्री भट्टराई र अध्यक्ष दाहालबीच छलफल


काठमाडौँ, चैत ७ – प्रधानमन्त्री बाबुराम भट्टराई र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ। प्रधान मन्त्री निवास बालुवाटारमा भएको भेटमा शान्ति र संविधानलाई तार्किक निष्कर्षमा पुर्‍याउन के कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो। छलफलमा पार्टीभित्र देखिएको विवादलाई सुल्झाउने उपायका विषयमा पनि छलफल भएको एमाओवादी अध्यक्ष दाहालका प्रेस संयोजक सन्तोष पौडेलले जानकारी दिए। आज बस्ने पार्टीको संस्थापन पक्षको केन्द्रीय समितिको बैठकलाई कसरी व्यवस्थित बनाउने र पार्टी एकतालाई कसरी मजबुत बनाउने भन्ने विषयमा पनि दुवै नेताबीच कुराकानी भएको बताइएको छ।

Source: Nagarik

गिरिजाबाबुको स्मृति दिवस मनाइंदै


७ चैत, काठमाडौं – सहमति, सहकारी र एकताको मन्त्र जप्दै ६३ वर्षे राजनीति जीवनलाई विराम लगाउँदै नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु) को २०६६ चैत ७ निधन भयो । देशभर मंगलबार गिरिजाबाबुको दोस्रो स्मृति दिवस मनाइँदैछ । धेरैपटक प्रधानमन्त्री बनेका गिरिजाबाबुले नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

एसएलसी परीक्षा सुरू, हलमै छोरा जन्मियो


७ चैत, रुकुम – एलएलसी परीक्षाको पहिलो दिन मंगलबार रुकुमको तकसेरा परीक्षा केन्द्रमा अंग्रेजी विषयको परीक्षा दिइरहेकी रेखा घर्ती परीक्षा हलमै छोरा जन्माएकी छन् । परीक्षा सुरु भएको एक घन्टामै रेखाले छोरा जन्माएकी हुन् । बच्चा जन्माएपछि रेखालाई नजिकैको स्वास्थ्य केन्द्रमा लगेर उपचार गराइएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

Nepalese runaway maid raped by duo, abandoned in desert


KUWAIT CITY, March 19: Police are looking for two unidentified men for raping a Nepalese housemaid, reports Al-Rai daily. पढ्नेक्रम जारी राख्नुहोस्