Daily Archives: 19/03/2012

आयोजकले दर्शकको मर्का बुझे,साँस्कृतिक मञ्चको कार्यक्रमको टिकट मात्र ३ के.डी.


ईन्द्र भूषाल, कुवेत

नेपालबाट कलाकारहरु मगाएपछी आजसम्म शायद नेपालीहरुले ४ देखी ५ केडी बाहेक त्यो भन्दा कम रकममा कार्यक्रम हेर्न पाएका थिएनन। कलाकार मगाउदा आयोजकलाई महँगो त पर्छ नै तरपनी कार्यक्रम स्थल भित्र बाहिर सधैं सुनिने शब्दहरु यिनै हुन किन टिकटको रकम चर्को भयो । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा नेपाली साँस्कृतिक कार्यक्रमको भेल, १३ अप्रिलमा नेपाल कुवेत साँस्कृतिक मञ्चले नयाँ सालको कोसेली दिने


ईन्द्र भूषाल, कुवेत

दूतावास स्थापना पश्चात लगभग हरेक महिना कुनै न कुनै नयाँ नेपाली संस्था जन्मदै आएको नेपाली समाज कुवेतमा अब हरेक महिना जसो  भब्य साँस्कृतिक कार्यक्रम पनि हुँदै आएका छन। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल नेदरल्याण्डसँग ६ विकेटले पराजित


प्ले अफमा पुग्ने सम्भावना झिनो
६ चैत, काठमाडौं –  आईसीसी विश्वकप ट्वान्टी-२० छनोट क्रिकेटमा नेपाल नदरल्याण्डसँग ६ विकेटले पराजित भएको छ । हारसँगै प्ले अफमा पुग्ने नेपालको सम्भावना झिनो भएको छ ।अहिलेसम्म खेलेको ६ मध्ये ३ मा जित र ३ मा हार व्यहोरेको नेपालको ६ अंक छ । अब समूह चरणको अन्तिम खेलमा मंगलबार क्यानडासँग खेल्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्

मस्तिष्क र ढाडको जन्मजात समस्या


काठमाडौ, चैत्र ४ – स्वस्थ सन्तानको चाहना नराख्ने दम्पती को होलान् र ? तर, त्यस्तो इच्छा पाल्ने सम्भावित आमाले गर्भधारणा गर्नुभन्दा अघिदेखि नै नियमित रूपमा फलिक एसिड खान थाल्नुपर्छ । यस्तो अभ्यास गरे अरू विभिन्न फाइदा त भई नै हाल्छन्, सँगसँगै तपाईंका सन्तानमा हुन सक्ने ‘न्युरल ट्युब डिफेक्ट’ को सम्भावना धेरै कम हुन्छ । अर्थात्, तपाईंको शिशुको मस्तिष्क र ढाडको हाडको विकास अवरुद्घ हुनबाट जोगिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

थ्री गर्जेजलाई फकाउने कसरतमा सरकार


६ चैत, काठमाडौं – पश्चिम सेती जलविद्युत् आयोजनाबाट हात नझिक्न अनुरोध गर्दै सरकारले सोमबार चीनको सरकारी जलविद्युत् कम्पनी थ्री गर्जेज इन्टरनसेलनलाई पत्र पठाउने तयारी गरेको छ । गत मंगलबार पश्चिम सेती आयोजनामा उत्पन्न विवाद चाँडो नसल्टिए फर्केर जाने आसयसहितको चेतावनीपत्र सरकारलाई पठाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

एसएलसी परीक्षामा मोबाइल प्रतिबन्ध


परीक्षा केन्द्र बाहिर भेला हुन नपाइने-
मनोज अधिकारी, पोखरा, चैत ६- मंगलबार सुरु हुने यस वर्षको एसएलसी परीक्षालाई मर्यादित, व्यवस्थित र अनुशासित बनाउने नीतिअनुरुप कास्की प्रहरीले जिल्लाका कुनै पनि परीक्षा केन्द्र बाहिर कसैलाई भेला हुन नदिने भएको छ। सुरक्षामा खटिने बर्दीधारी र सादा पोशाकका प्रहरीले परीक्षा केन्द्र बाहिर मानिसको अनावश्यक भीड हुन नदिन विशेष निगरानी राख्ने तयारी गरेको हो। चिट चोराउने वा अन्य कुनै नियतले परीक्षा केन्द्र ’round भेला हुन कसैले बलजफ्ती गरे तुरुन्त पक्राउ गरिने प्रहरीले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्