वैद्यको चुनौतीपछि संस्थापन पक्ष नयाँ रणनीति बनाउँदै


५ चैत, काठमाण्डौ – वैद्य समूहले अबिश्वास प्रस्ताव ल्याएरै भएपनि एक साताभित्र पार्टी नेतृत्वको सरकार ढाल्ने घोषणा गरेपछि माओवादीको संस्थापन पक्ष त्यसको सामना गर्न नयाँ रणनीति बनाउन लागेको छ ।यसैक्रममा माओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री बाबुराम भट्टराई र अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठवीच आज बिहान छलफल भएको छ । श्रेष्ठको सरकारी निवास पुल्चोकमा करिव १ घण्टासम्म भएको छलफलमा वैद्य पक्षको आन्दोलनलाई सामना गर्न कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल भएको बुझिएको छ ।

सरकारमा परराष्ट्रमन्त्रीको भूमिकामा रहेपछि पछिल्लो समयमा श्रेष्ठले प्रधानमन्त्रीको कार्यशैलीप्रति सार्वजनिकरुपमै असन्तुष्टी जनाउँदै आउनुभएको छ । श्रेष्ठ समूहले वैद्यलाई सघाउने आशंका बढेपछि उनलाई आश्वस्त पार्न दुई नेता श्रेष्ठ निवास पुगेको बताइएको छ । जापानमा घाँटीको अप्रेसन गरेपछि श्रेष्ठ केही समयदेखि आराम गरिरहनुभएको छ ।

सरकारलाई मजबुद बनाएर जेठ १४ सम्म शान्ति र संबिधानलाई निष्र्कषमा पुर्‍याउन संस्थापन पक्षले केही दिनमा आफुपक्षीय केन्द्रीय सदस्यहरुको भेला बोलाउन लागेको बताइएको छ ।

 Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.