नेपालद्धारा बमुर्डा २४ रनले पराजित


५ चैत, काठमाडौं – युएईमा जारी आईसीसी विश्वकप ट्वान्टी-२० छनोट क्रिकेटमा नेपालले बमुर्डालाई २४ रनले पराजित गरेको छ ।जितसँगै ५ खेलबाट ६ अंक जाडेको नेपाल चौथो स्थानमा उक्लिएको छ । अब नेपालले सोमबार नेदरल्याण्डको सामना गर्ने छ । ५ खेलबाट ८ अंक जोडेको नेदरल्याण्ड दोस्रो स्थानमा छ । नेपालले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य पछ्याएको बमुर्डा निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २७ रनमा समेटियो । नेपालका शक्ति गौचनले ३ तथा पारस खड्काले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेपालले कप्तान पारस खड्का अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५१ रन बनायो । ४८ बलको सामना गरेका पारसले ६५ रनमा अविजित रहे । उनले सामना गर्दै १ छक्का र ८ चौका प्रहार गरे । उनले सदर भेषवाकरसँग ७५ रनको साझेदारी गरेका थिए । भेषवाकर ४४ रनमा आउट भए ।

Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.