Daily Archives: 18/03/2012

“मजदुर दिवस” नेपाल कुवेत मजदुर सँघले भब्यरुपले मनाउने ४ मे मा बिजय लामा कुवेत आउदै


ईन्द्र भूषाल,कुवेत
“संसारका मजदुर एक हौं” भन्ने नाराका साथ हरेक साल मे एक तारिक मनाइने मजदुर दिवस यो पटक कुवेतमा पनि भब्य साँस्कृतिक कार्यक्रमका साथ मनाउने नेपाल कुवेत मजदुर सँघले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालद्धारा बमुर्डा २४ रनले पराजित


५ चैत, काठमाडौं – युएईमा जारी आईसीसी विश्वकप ट्वान्टी-२० छनोट क्रिकेटमा नेपालले बमुर्डालाई २४ रनले पराजित गरेको छ ।जितसँगै ५ खेलबाट ६ अंक जाडेको नेपाल चौथो स्थानमा उक्लिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

२०-२० क्रिकेटमा आज नेपाल र बर्मुडा भिड्ने


५ चैत, काठमाण्डौ – युएइमा चलिरहेको २०-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत नेपालले आज नौलो प्रतिद्वन्दी बर्मुडाको सामना गर्दैछ ।सन् २००७ को विश्वकप क्रिकेटको अनुभव बटुलीसकेको भएपनि समूह ए मा चारवटै खेल हारेर पुछारमा रहेको बर्मुडासँगको आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । नेपाल दुइ खेलमा जित र दुइमा हार सहित पाँचौ स्थानमा छ । पढ्नेक्रम जारी राख्नुहोस्

वैद्यको चुनौतीपछि संस्थापन पक्ष नयाँ रणनीति बनाउँदै


५ चैत, काठमाण्डौ – वैद्य समूहले अबिश्वास प्रस्ताव ल्याएरै भएपनि एक साताभित्र पार्टी नेतृत्वको सरकार ढाल्ने घोषणा गरेपछि माओवादीको संस्थापन पक्ष त्यसको सामना गर्न नयाँ रणनीति बनाउन लागेको छ ।यसैक्रममा माओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री बाबुराम भट्टराई र अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठवीच आज बिहान छलफल भएको छ । श्रेष्ठको सरकारी निवास पुल्चोकमा करिव १ घण्टासम्म भएको छलफलमा वैद्य पक्षको आन्दोलनलाई सामना गर्न कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल भएको बुझिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

माउन्ट एभरेस्ट ‘बेलायतमा छ’


लन्डन, चैत ५ (एजेन्सी)- आधाभन्दा बढी बेलायती विश्वकै सर्वोच्च शिखर सगरमाथा आफ्नै देशमा रहेको ठान्दा रहेछन्! दुई हजार बेलायतीमाझ हालै गरिएको एक सर्वेक्षणमा ‘हाम्रो देशको सबैभन्दा अग्लो हिमाल कुन हो?’ भन्ने प्रश्न गर्दा ५८ प्रतिशतले ‘माउन्ट एभरेस्ट’ भन्ने जवाफ दिएका थिए। बेलायतको सबैभन्दा अग्लो ‘स्काफेल पिक’ भने ९ सय ७८ मिटर मात्रै अग्लो छ। नेपालमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाभन्दा ५ गुणा होचो! पढ्नेक्रम जारी राख्नुहोस्

पुष्पकमल दाहाल पुत्रलाई २ करोड दिएकोमा चक्काजाम


काठमाडौं, चैत ५ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशलाई सगरमाथा आरोहणका लागि सरकारले २ करोड रुपियाँ उपलब्ध गराउन लागेको विरोधमा राजधानीका सबैजसो क्याम्पस अगाडि विद्यार्थीहरुले चक्का जाम गराएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्