थिरलाल भुषाल, काठमाडौं, चैत २ – एमाले संसदीय दलको सिंहदरबारमा जारी बैठकले सेना समायोजन विशेष समिति, संविधान सभाको संवैधानिक समिति र सअन्तर्गतको विवाद समाधान उप समितिका सदस्य रहेका पार्टीका नेताहरु विदेश नजाने प्रस्ताव पारित भएको छ। नेताहरुलाई विदेश नजान यामलाल कडेलले प्रस्ताव राखेका थिए। अरु दलले जे गरेपनि कम्तिमा एमालेका सभासदहरु विदेश नजाने प्रस्तावलाई सर्वसम्मतले पास गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 15/03/2012
कर्मचारीले सचिवको कोठा फुटाए
गृहमा ५१ कर्मचारीको सरुवा-
केपी ढुंगाना, काठमाडौं, चैत २ – आफ्ना मान्छेलाई ‘घुस खान पाइने’ आकर्षक ठाउँमा सरुवा गरेको भन्दै कांग्रेस र एमाले ट्रेड युनियन समर्थकले बुधबार महालेखा नियन्त्रकको कार्यालयमा तोडफोड गरेका छन्। एक सय ५१ जनाको सरुवा सूची सार्वजनिक भएलगत्तै कर्मचारी संगठनका समर्थकहरू सचिव प्रतापकुमार पाठकको कार्यकक्षमा गएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कांग्रेस–एमाले नयाँ चुनावको मुडमा
२ चैत, काठमाण्डौ । संविधानसभाको म्याद सकिन साढे दुई महिना बाँकी रहँदा प्रतिपक्षी दुई दल नयाँ निर्वाचनको मनस्थितिमा पुगेका छन् । आगामी १४ जेठभित्र संविधान बने पनि नबने पनि नयाँ निर्वाचनमा जानुपर्ने ठहर गर्दै कांग्रेस र एमाले आन्तरिक विवाद थाती राखेर साङ्गठनिक अभियानमा लागेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सरकार र शिक्षकहरुबीच निर्णायक वार्ता हुँदै
२ चैत, काठमाडौं , सरकार र आन्दोलनरत शिक्षकहरुबीच आज निर्णायक वार्ता हुँदैछ । शिक्षा मन्त्रालयमा हुने वार्तामा आन्दोलनरत शिक्षकहरुले राखेको ४७ बुँदे मागमा सहमतिको प्रयास हुने बताइएको छ ।सरकारले माग पूरा गर्ने आश्वासन दिएपछि नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्चले हालै आह्वान गरेको शैक्षिक हडताल आजसम्मका लागि स्थगित गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार