विश्वकप छनोटमा नेपालले हंगकंगको सामना गर्दै


३० फागुन, काठमाण्डौ । युइएमा आजबाट सुरु हुने ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले आज चिर प्रतिद्वन्दी हंगकंगको सामना गर्दैछ । खेल दुबइस्थित ग्लोबल क्रिकेट एकेडेमीमा हुनेछ । विगतमा हंगकंगसँग मिश्रति नतिजा बेहोर्दै आएको नेपालका लागि आजको खेल निकै महत्वपूर्ण रहनेछ । नेपालका समूहमा नेदरल्याण्ड, क्यानडा, बर्मुडा, अफगानिस्तान जस्ता बलिया टिम समेत रहेकाले आज हंगकंगलाई हराउन सकेमा नेपालले आगामी खेलमा केही सहजता महसुस गर्नेछ ।

नेपाल र हंगकंगबीच एसीसी ट्वान्टीट्वान्टी क्रिकेट अन्तरगत केही महिनाअघि भएको खेलमा नेपाल १ रनले विजयी भएको थियो । उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमै रोकिएपनि हंगकंग फाइनलसम्म पुगेको थियो ।

यसअघि सन् २०१० मा चीनको ग्वानझाउमा भएको एसियाली खेलकुदमा हङकङले नेपाललाई ३० रनले हराएको थियो । चैत ११ गतेसम्म चल्ने प्रतियोगितामा नेपाललगायत १५ देश सहभागि छन् । प्रतियोगिताका दुइ उत्कृष्ट टीमले ट्वान्टीट्वान्टी विश्वकप क्रिकेटमा भाग लिने पाउनेछन् ।

Source: Onlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.