Daily Archives: 12/03/2012

कुवेतमा मगरसँघ पुन संगठित,मित्र सिन्जालिको सम्योजकत्वमा तर्दथ समिती गठन


ईन्द्र भूषाल,कुवेत

बिभिन्न जातिय सँघ-संस्थाको गठन हुँदै आएको नेपाली समाज कुवेतमा पुन अर्को जातिय संस्थाको गठन भएको छ । जाति, भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै प्रवासमा आफ्नो जातिय संस्कारलाई बलियो बनाउन बिभिन्न पेशामा छरिएर रहेका कुवेतबासी मगरहरुलाई एकताबद्ध पार्ने उदेस्यले मित्र सिन्जालिको सम्योजकत्वमा ११  सदस्यीय मगर सँघ कुवेत  तसर्थ समिती गठन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

गजल


भीमराज पारंग,कुवेत

सक्छौ त नेपाल छाडी कुवेत नपस सुन्तली ‎
पसी हाले पनि मायाजालमा नफस सुन्तली ‎

थुप्रै हुन्छन् पासो थाप्ने,ललाउने र फकाउने ‎
उनीहरु कै लहैलहैमा कम्मर नकस सुन्तली  ‎ पढ्नेक्रम जारी राख्नुहोस्

जन्मपछि मृत्यु अनिवार्य छ यस्लाई कस्ले टार्न सक्छ र…….


कमल ओली

जीवन कस्तो हुन्छ कस्लाई थाहा हुन्छ र….॥ मुस्कान त हाम्रो परिचय हो नि साथीहरु,तर पनि बाहिरी आँखाले देखिने त्यो सुन्दर मुस्कानभित्र आफैँलाई जिऊदै जलाऊने पिडा लुकेको कस्ले देखेको हुन्छ र.,॥ तैपनि यो दुनिँयामा मुटुभित्रको पिडा लुकाई मन्द मुस्कान छर्नैपर्ने खुशी भएको देखाऊनै पर्ने यो कस्तो बिडम्बना….?
जीवन र मरणको दोसाँधमा रहेर मुस्कुराँऊदै जिऊन सिक्नुपर्छ…अनि दुःख र पिडालाई अगाल्नु नै पर्छ,,॥ पढ्नेक्रम जारी राख्नुहोस्

‘भोटखोला’ डा. प्रदीप मान तुलाचनको दोश्रो उपन्यास


डा. प्रदीप मान तुलाचन

आज डेभिड र ग्याल्मोको छोरो जन्मेको उपलक्ष्यमा धुमधाम पार्टी । दैवको पनि कस्तो संयोजन । कहाँको अमेरिकाको सम्पन्न परिवारमा जन्मी-हुर्की सुविधायुक्त महँगो बिद्धालय  र विश्वबिद्धालयमा अध्ययन गरी वातावरणविज्ञ बन्न सफल डेभिड र कहाँ हिमाली केन्द्रको अति दुर्गम गाउँमा दुःख-पीडा र अभावका बीचमा बिद्धालयको अनुहारसमेत देख्न नपाई अनपढ बनेकी ग्याल्मोबीच अपत्यारिलो भेटघाट त्यसपछि विवाह र छोराको जन्म । पढ्नेक्रम जारी राख्नुहोस्

हडताल रोकिएपछि आजदेखि विद्यालय खुले


२९ फागुन काठमाण्डौ । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षकहरुले हडताल स्थगित गरेपछि आजबाट देशभरका शैक्षिक संस्थाहरुमा पठान पाठन सुचारु भएको छ । सरकारले माग पूरा गर्ने आश्वासन दिएपछि शिक्षकहरु हिजो ५ दिनका लागि हडताल स्थगित गर्न सहमत भएका हुन् । विगतमा भएका सहमति कार्यान्वयन, अस्थायी शिक्षकलाई स्थायी गर्नु पर्ने लगायतका ४७ बुँदे माग गर्दै शिक्षकहरु आन्दोलनरत छन् । पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकी तेक्वान्दो प्रतियोगितामा नेपालीको स्कुललाई सफलता


 राजेन्द्र ज्ञवाली, काठमाडौं

फागुन २९-अमेरिकाको ओरेगन राज्यको पोर्टल्यान्डमा शनिबार सम्पन्न २३ औँ राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा नेपालीले सञ्चालन गरेको स्कुलले ३५ स्वर्ण पदक हात पारेको छ। चिफ मास्टर दिवाकर डान महर्जनले सञ्चालन गरेको दी युएस वेष्ट कोस्ट तेक्वान्दो स्कूलले ३५ स्वर्ण, २० रजत तथा २२ कास्य पदक जितेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्