ईन्द्र भूषाल, कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब कुवेतले आफ्नो पुर्व घोसित कार्यक्रम प्रबाशी दक्षिण एसियाली फूटबल (E-SAF-C) प्रतियोगिता आगामी अप्रिल २० बाट कुवेतमा सन्चालन गर्ने निर्णय गरेको छ । खेलको सफलताको लागि नेपालबाट चर्चित कलाकार मगाएर साँस्कृतिक कार्यक्रम समेत गरिसकेको क्लब ले गोल्डकप सम्पन्ह भएपस्चात प्रबाशी दक्षिण एसियाली फूटबल प्रतियोगिता सन्चालन गर्ने कार्यक्रम सार्वजानिक गरेको थियो भने उही गोल्डकपमा राम्रो खेल खेल्ने सम्पूर्ण खेलाडीहरु नेपालको राष्ट्रिय टिम कुवेतमा सहभागी भई खेल्ने छन । गत शुक्रबार बसेको क्लब कार्यसमितीको बैठकले खेल आयोजनाको लागि क्लबका पुर्व अध्यक्ष एबम बर्तमान कार्यसमितिका बरिष्ट सदस्य किरण पौडेलको सम्योजकत्वमा क्लब सचिब ईन्द्र भूषाल सदस्य र अध्यक्ष धर्मराज गिरी उपसम्योजक रहने गरी ३५ सदस्य आयोजक समिती गठन गरेको हो । नेपाल र नेपालीलाई संसारको सामु खेल मार्फत चिनाउने उदेस्यले आयोजना गर्ने यो कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्थाको सुझाब र सहयोगको लागि बैठकले सबैलाई आग्रह गरेको छ ।
स्मरण रहोस् २००५ मा पनि क्लबले प्रबाशी दक्षिण एसियाली फूटबल खेल सम्पन्ह गरेको थियो । सम्पूर्ण सँघ-संस्थालाई कार्यक्रम नजुध्दैदिन क्लब आग्रह गर्दछ
सम्पूर्ण कुवेत बासी नेपाली दाजु भाई तथा दिदी बहिनी हरुमा हाम्रो अहिले बाटनै हजुरहरुलाई खेल हेर्न र हामीलाई सहयोग गर्नकोलागी निमन्त्रणा छ हजुरहरुको सहयोग हजुरहरुको माया ममतालेनै यो हाम्रो खेल सफल हुनेछ। यो खेल सफल हुनु भनेकोनै नेपाली हामी सबैको सफल हुनु हो भन्ने तपाईं हामीले सोच्नु पर्ने छ।
धन्यवाद
धर्म राज गिरी
अध्यक्ष माउन्ट एभरेस्ट स्पोर्टइङ क्लब काठमाडौं कुवेत।
I hope the upcomming tournament will help all nepalese present themselves on one platform.
can we have the names of players who are making into the SQUADS for the mrntioned E-SAF-C event
all the best guys