नायिका सञ्चिता लुइँटेल चाँडै दोश्रो बच्चाको आमा बन्ने भएकी छिन् ।केही समयअघि मात्र छोरो जन्माएकी सञ्चिता फेरी गर्भवती भएको सुन्दा सबैलाई अचम्म लाग्नसक्छ तर सत्य कुरा के हो भने उनको दोश्रो गर्भ पनि ४ महिनाको भैसकेको छ ।जबकी उनले पहिलो सन्तान छोरा भोलिमात्र ७ महिनाको हुँदैछन् ।केहीदिन अघि एउटा सलुन उद्घाटनमा पुगेकी सञ्चिताको पेट देख्नेहरुले पनि उनी फेरी कतै आमा त बन्दै छैनिन् भनेर संका गरेका थिए । तर उनले कुरो खोलेकी थिइनन् ।
अन्ततः उनको गर्भ रहेको कुरा थाहा भएको छ । प्रायः मुम्बइ बस्दै आएका श्रीमान निखिल उप्रेति बेलाबखत मात्र नेपाल आउँछन्, त्यहीँ क्रममा गर्भ बसेको सञ्चिताले थाहै पाइनछिन् ।पछि चिकित्सककहाँ जाँदा मात्र गर्भ रहेको उनलाई थाहा भयो । साप्ताहिकमा छापिएको खबर अनुसार डाक्टरले उनको पहिलो सन्तान जन्मिएको अगष्ट १० तारेखमै दोश्रो सन्तानको डेट दिएका छन् ।
Source: Onlinekhabar
अब यस मा सन्चीता को के दोस
सन्चिता लाई किन ?सचिता त दैनिक १ जना जन्मौन परे पनि कम छैन होकी हैन सन्चिता