२७ फागुन, म्याग्दी । शिक्षकहरुको आन्दोलनका कारण म्याग्दीमा शुक्रबारदेखि सञ्चालन हुने भनिएको कक्षा एक देखि नौ सम्मको वाषिर्क परीक्षा अनिश्चित समयसम्मका लागि स्थगित भएको छ । विगत केही महिनादेखि विभिन्न ४७ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षकहरुको मागप्रति सरकारी पक्षबाट कुनै चासो नदेखिएको भन्दै म्याग्दीमा रहेका सम्पूर्ण शिक्षक सङ्गठनहरुले भोलिदेखि शैक्षिक हडताल गर्ने घोषण गरेपछि सबै सरकारी विद्यालयको वाषिर्क परीक्षा स्थगित गरिएको हो ।
शिक्षक आन्दोलनका कारण बीचमै परीक्षा रोकिने भएपछि सबै परीक्षा स्थगित गरिएको नेपाल शैक्षिक गणतान्त्रिक मञ्च म्याग्दीका अध्यक्ष सोमनाथ ढुङ्गानाले जानकारी दिनुभयो । यता, परीक्षामा नै असर पर्ने गरी थालिएको आन्दोलनप्रति विद्यार्थी र अविभावकहरुले आलोचना गरेका छन् । फागुन २६ गतेदेखि परीक्षा हुन्छ भनेर तयारीमा जुटिरहेका विद्यार्थी एक्कासि परीक्षा स्थगित भएपछि अन्यौलमा परेका छन् ।
म्याग्दी जिल्लामा कुल २७३ विद्यालयमध्ये २४३ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा २९ हजार ९४ जना अध्ययनरत छन् । यता जिल्ला शिक्षा कार्यालयले भने परीक्षा स्थगित भए पनि तत्कालका लागि शैक्षिक गतिविधिमा खासैै असर नपर्ने जनाएको छ
Source: Onlinekhabar