इस्लामाबाद, पाकिस्तान, फागुन २७ (एजेन्सी)- पाकिस्तानको एबटाबादमा लुकेर वसेका अलकायदा पूर्व प्रमुख ओसामा बिन लादेन विरुद्धको कार्यवाहीका लागि उनकै पत्नीले षडयन्त्र गरेको समाचार अमेरिकाको न्यूयोर्क टाइम्सले लेखेको छ। पाकिस्तानको एक सवानिवृत सैनिक अधिकारी विग्रेडियर शौकत कादिरलाई उदृत गर्दै तयार पारिएको समाचारमा उक्त आशंका व्यक्त गरिएको छ।
पाकिस्तानमा लुकेर वसेका लादेनका ’boutमा अमेरिकालाई कसरी थाहा भयो भन्ने ’bout कादिरले पछिल्लो आठ महिना देखि जाँच गरिरहेका छन्। उनको रिपोर्टमा लादेनकी जेठी पत्नी हुर्रियाले उनलाई धोका दिएको उल्लेख गरिएको छ। यस विच बिबिसँगको एक कुराकानीमा कादिरले आफ्नो शंकालाई पुष्टि गर्दै ओसामाबाट अलग बस्दै आएकी हुर्रियाले उनीसँगै बस्ने जिद्धी गरिरहेकी बताए। यस अघि ओसामा आफ्नी दुई पत्नीसँगै एबटाबाद स्थित त्यही घरमा धेरै वर्षअघि देखि बस्दै आएका थिए।
ब्रिगेडियर कादिरका अनुसार अन्ततः फेब्रुअरी अथवा मार्च २०११मा उनी ओसामासँग बस्न एबटाबाद आइन। उनी लादेनसँग बस्न सुरुगरे लगत्तै अमेरिकी गुप्तचर संस्था सिआइएका एजेन्ट मानिएका डाक्टर शकिर अफरिदीले आफ्नो काम सुरुगरेको बताइएको छ। डाक्टर शकिलले एबटाबादको त्यस घरमा वसिरहेका सबै ब्यक्तिको रक्त नमुना लिएका थिए।
हुर्रियाले लादेनकी कान्छी पत्नी प्रति सदैव इर्श्या भाव राख्ने गरेको ब्रिगेडियर कादिरले बताए।
लादेनका ’boutमा समाचार दिनेलाई २ अर्ब ५० करोड डलरको इनाम अमेरिकाले घोषणा गरेको थियो। उनको खबर अमेरिकालाई दिइनुमा त्यो पनि एउटा कारण हुनसक्ने बताइएको छ।
सन् २०११को मे २ मा पाकिस्तानको एबटाबादमा अमेरिकी जलसेनाको एक विशेष प्रशिक्षित समूहले गरेको सैन्य कार्यवाहीमा लादेन मारिएका थिए।
Source: Nagarik
i think laden is alive ….