Daily Archives: 10/03/2012

सञ्चिता फेरि गर्भवती


नायिका सञ्चिता लुइँटेल चाँडै दोश्रो बच्चाको आमा बन्ने भएकी छिन् ।केही समयअघि मात्र छोरो जन्माएकी सञ्चिता फेरी गर्भवती भएको सुन्दा सबैलाई अचम्म लाग्नसक्छ तर सत्य कुरा के हो भने उनको दोश्रो गर्भ पनि ४ महिनाको भैसकेको छ ।जबकी उनले पहिलो सन्तान छोरा भोलिमात्र ७ महिनाको हुँदैछन् ।केहीदिन अघि एउटा सलुन उद्घाटनमा पुगेकी सञ्चिताको पेट देख्नेहरुले पनि उनी फेरी कतै आमा त बन्दै छैनिन् भनेर संका गरेका थिए । तर उनले कुरो खोलेकी थिइनन् । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीलाई विश्वास गर्न सकिदैन : देउबा


२७ फागुन, मोरङ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले एकीकृत माओवादीका कारण शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया तार्किक निष्कर्शमा पुग्न नसकेको आरोप लगाउनु भएको छ । माओवादीसंग पटक–पटक गरिएका सहमति कार्यान्वयन नभएकाले अव माओवादीलाई विश्वास गर्न नसकिने देउवाको भनाई छ । पढ्नेक्रम जारी राख्नुहोस्

शिक्षक आन्दोलनका कारण वाषिर्क परीक्षा अन्यौलमा


२७ फागुन, म्याग्दी । शिक्षकहरुको आन्दोलनका कारण म्याग्दीमा शुक्रबारदेखि सञ्चालन हुने भनिएको कक्षा एक देखि नौ सम्मको वाषिर्क परीक्षा अनिश्चित समयसम्मका लागि स्थगित भएको छ । विगत केही महिनादेखि विभिन्न ४७ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षकहरुको मागप्रति सरकारी पक्षबाट कुनै चासो नदेखिएको भन्दै म्याग्दीमा रहेका सम्पूर्ण शिक्षक सङ्गठनहरुले भोलिदेखि शैक्षिक हडताल गर्ने घोषण गरेपछि सबै सरकारी विद्यालयको वाषिर्क परीक्षा स्थगित गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

लादेन विरुद्ध उनकै पत्नी लागेको आशंका


इस्लामाबाद, पाकिस्तान, फागुन २७ (एजेन्सी)- पाकिस्तानको एबटाबादमा लुकेर वसेका अलकायदा पूर्व प्रमुख ओसामा बिन लादेन विरुद्धको कार्यवाहीका लागि उनकै पत्नीले षडयन्त्र गरेको समाचार अमेरिकाको न्यूयोर्क टाइम्सले लेखेको छ। पाकिस्तानको एक सवानिवृत सैनिक अधिकारी विग्रेडियर शौकत कादिरलाई उदृत गर्दै तयार पारिएको समाचारमा उक्त आशंका व्यक्त गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

काठमाडौँ सफा गर्न एक लाख स्वयंसेवक परिचालन गर्ने सरकारको तयारी


काठमाडौँ, फागुन २७- सरकारले आगामी चैतको अन्तिम सातादेखि काठमाडौँको सरसफाई अभियानका लागि एक लाख स्वयम् सेवक परिचालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा शनिबार राष्ट्रिय स्वयम्सेवा अभियान सञ्चालन भएको छलफल कार्यक्रममा स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्