Daily Archives: 08/03/2012

३० मार्चमा नव-प्रतिभा युवा क्लवको आयोजनामा कुवेतमा अन्तर-नेपाली भलिबल प्रतियोगिता हुँदै


कुवेतनेपाल, एड्मिन

नेपालीहरुको अर्को महान पर्व चैते दशैंको अवसरमा सम्पूर्ण खेलप्रेमी कुवेतवासी नेपालीहरुबीच शुभकामना आदान-प्रदान गर्ने तथा आपसी भाईचाराको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यसहित कुवेतमा आयोजना हुने हरेक खेलकुदहरुमा आफ्नो सकृयता जनाउने जोशिला युवाहरुको जमात नव-प्रतिभा युवा क्लव कुवेतले यही आगामी ३० मार्च २०१२ शुक्रबारको दिन, अन्तर-नेपाली खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मेनपावर ब्यबसायीहरुको धर्ना र अनसन सकियो, प्रकृया पुराएर समस्याको समाधान गरिने


ईन्द्र भूषाल, कुवेत
हिजो बेलुका ७:३० बजे देखी मेनपावर ब्यबसायीहरु नेपाली दूतावास कुवेतमा धर्ना र अनसनमा बसेका थिए। चार सुत्रिय माग पुरा गर्न दबाब   मुलक कार्य स्वरुप दूतावास पुगेका कारीब ६० जना नेपाली मेनपावर ब्यबसाहीहरु हिजो बेलुका नै राजदुतावासबाट आज बार्तामा बसी समस्याको उचित समाधान तर्फ अगाडि बढ्ने जानकारी पाएपछी अनसन र धर्ना छाडेर घर फर्किएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

मास्टरजति सबै हडतालमा, तनावमा शिक्षामन्त्री


२५ फागुन, काठमाडौं । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई बरु यति धेरै हैरान छैन होला जति हैरानी शिक्षामन्त्री दिनानाथ शर्माले भोगिरहेका छन् । सरकारमा रहने आज हो कि भोलि ठेगान छैन, तर मन्त्री शर्मालाई शिक्षकहरुलाई कसरी चित्त बुझाउने भन्ने चिन्ताले दिनको भोक न रातको निद्रा बनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीको प्रतिनीधित्व हुने गरी सेना समायोजन हुनै सक्दैन : काँग्रेस


२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसले नेपाली सेनामा माओवादी प्रतिनीधित्व हुने गरी लडाकु समयोजन हुन नसक्ने प्रष्ट पारेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार भएको छलफलमा कांग्रेस शीर्ष नेताहरुले सातबुँदे अनुसार नै लडाकू समायोजन गर्नु पर्नेमा जोड दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

मेसीले एउटै खेलमा पाँच गोल गरे


 राजेन्द्र ज्ञवाली
बार्सिलोना, फागुन २५ (एपी)- लिओन मेसी च्याम्पियन्स लिगमा पाँच गोल गर्नेने पहिलो खेलाडी बनेका छन्। उनले बुधबार राति बायर लेभरकुसेन विरुद्ध पाँच गोल हिर्काएपछि साविक विजेता बार्सिलोना ७-१ अन्तरको जित हासिल गर्न सफल भयो। यसकासाथै बार्सिलोना समग्रमा १०-२ गोल अन्तर सहित प्रतियोगिताको क्वार्टर फाइनलमा पुगेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कार्लौस स्लिम फेरि विश्‍वका धनी


काठमाडौं, फागुन २५ – विश्‍वका धनीहरुको सूची सार्वजनिक गर्ने पत्रिका फोब्सले यस वर्ष पनि कार्लौस स्लिमलाई नै ‘संसारको सबैभन्दा धनी’ व्यक्ति रहेको दावी गरेको छ। फोब्सको सूचीमा उनी लगातार तेस्रो पटक सबैभन्दा धनीको पहिलो नम्बरमा रहन सके। फोब्सले आफ्नो अनलाइनमा उनलाई राखेर कभर स्टोरी तयार भएको जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्