मनोज काफ्ले ‘मनसुन’
मैले घर छोडेको धेरैसाल भयो
मन समुन्द्री तटको छाल भयो।
सबै डुल्दैछन् फुलको बजारमा
सधैमेरो जीवनमा बेहाल भयो ।
लुकाउन सकें न फुकाउन सकें
तक्दिरमा कहीं जेल्जाल भयो ।
सधैं परेली केको निम्ति रसाउँ
मेरोआँशु बगेर फेवाताल भयो ।
रंगमंचमा छ चैते दशैंको मेला
मनु बगर बिचको त्रिपाल भयो ।
रचना २२ फाल्गुन, कुवैत