आन्दोलन छोडेर विद्यालय खोल्नुस : मन्त्री शर्मा


२४ फागुन, गजुरी । शिक्षामन्त्री दिनामाथ शर्माले आननदोलन स्थगित गरेर विद्यालय खोल्न आन्दोलनरत शिक्षक संघ संगठनहरुलाई आग्रह गर्नु भएको छ ।  विद्यालय नै वन्द गराएर कलिला बालबालिकको भविष्यमाथि शिक्षकले खेलवाड गरेको भन्दै मन्त्री शर्माले विद्यालय नै वन्द गराएर आन्दोलनमा उत्रिने शिक्षकलाई कारवाही हुन सक्ने चेतावनी दिनु भयो ।

धादिङको बेनिघाटमा वुधवार आयोजित एक कार्यक्रममा एकीकृत माओवादीका प्रवक्ता समेत रहेका मन्त्री शर्माले आन्दोलन छाडेर शिक्षकहरु नियमित पठनपाठनमा गए अध्यादेशबाट भए पनि शिक्षा नीति परिवर्तन गराएर शिक्षकको माग पूरा गर्ने वताउनु भयो ।  उहाँले उमेर पुगेका शिक्षकलाई स-सम्मान बिदाई गर्न र बाँकी शिक्षकलाई खुल्ला प्रतिस्पर्धाबाट सेवा प्रवेश गराउन आफू तयार रहेको मन्त्री बताउनुभयो ।

मन्त्री शर्माले शिक्षा नीति कमजोर रहेकै कारण शिक्षामा गरिएको लगानीले उपलब्धि हासिल गर्न नसकेको र विद्यालयका शिक्षक तथा कर्मचारी पनि सोही कारण वषौर्ंदेखि पीडित हुनुपरेको वताउनु भयो ।शैक्षिक विकासका लागि भनेर समुदायमा सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय निकायबाट समेत बर्सेनि अरबौँ रकम खर्च भइरहेको भन्दै मन्त्री शर्माले शैक्षिक प्रतिष्ठानबाट उत्पादित जनशक्ति बेरोजगार बन्दै जानुमा अहिलेको शिक्षा नीति नै त्रुटिपूर्ण रहेको बताउनुभयो ।

Source: Onlinekhabar

 

One response to “आन्दोलन छोडेर विद्यालय खोल्नुस : मन्त्री शर्मा

  1. Respected Sir ,
    IT is good and no one allow to play education, take action like that teacher we are given to you support this is fact and i thing all of like that teacher disappointed and give to new generation and make the education without political .

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.