अर्थमन्त्री पुनसँग दूतावासमा छलफल कार्यक्रम, तीन पक्षको सम्झौता भए संबिधान बन्छ -मन्त्री पुन


ईन्द्र भूषाल, कुवेत

साउदीमा मगर दिवसको कार्यक्रम सगै  साउदी सरकारका अर्थराज्य मन्त्रीसँगको भेट सम्पन्ह गरी सुटुक्क कुवेत आउनु भएका नेकपा माओवादीका युवा नेता तथा नेपाल सरकारका अर्थमन्त्री बर्षमान पुनले नेपाली दूतावास कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका प्रमुखहरु,अन्लाईन मिडियाका पत्रकार र शुभचिन्तकहरुसँग  भेट गर्नु भयो । बिशेष गरी कुवेत सरकारले कुवेत फन्डबाट नेपाललाई गर्दै आएको सहयोग र आगामी दिनहरुमा गर्ने सहयोगको ’boutमा छलफल गर्न आउनु भएका पुन आज नेपालीहरुसँग पनि रमाइलो पाराले प्रस्तुत हुनुभयो, भने भोली दूतावासले छलफल र भेट्घाट कार्यक्रम राखेको छ ।

भेट्घाट कार्यक्रममा कुवेतमा नेपालीहरुले भोग्नु परेका समस्या,घरमा काम गर्ने नेपाली चेलीहरुको बिकराल अवस्था,नेपालमा हुने गरेको श्रम सम्बन्धी समस्या लगायत भन्सारमा खाडीबाट फर्कने नेपालीहरुलाई गरिने व्यबहार को ’boutमा सबैले मन्त्री सामु  समस्या राखेका थिए, भने कुवेत सरकारले नेपाललाई गर्ने सहयोगको ’boutमा समेत जानकारी माग गरिएको थियो । सम्पूर्ण उपस्थित नेपालीहरुको सामुहिक जवाफ दिदै मन्त्री पुनले समस्याको दिर्घकालिन समाधानको लागि कानुनी तवरबाट अगाडि जाने र समाधान का बाटाहरु खोजिने बताउँदै यो कार्यको लागि सबैको सहयोग र सुझाब आवश्यक रहेको बताउनु भयो। उपस्थित सम्पूर्ण महानुभावसँग परिचय गर्दै मन्त्री पुनले ब्यस्त कामको बाबजुत पनि उपस्थित भएर समस्याहरुको जानकारी दिनुभएकोमा सबैलाई धन्यवाद दिनु भएको थियो ।

कुवेत सरकारले बिशेष गरी नेपालको जलबिधुत,सडक र कृषि क्षेत्रमा लगानी र सहयोग गर्न चाहेको आफुले छलफलमा पाएको बताउदै नेपालको सिचाई क्षेत्रमा पनि सहयोग गर्ने इच्छुक  रहेको जानकारी दिनु भयो । साउदी सरकार र  कुवेत सरकारको चाहन लगभग एउटै जस्तो रहेको र आगामी दिनमा अझै सहयोग उपलब्ध हुने बताउदै कुलेखानी जलबिधुत आयोजना ,मरस्याङ्दी ,दाङको सिचाई क्षेत्रमा सहयोग गरेको जानकारी दिनुभयो । नेपालमा हुने गरेका सरकारी काममा ढिला सुस्तीहरु बिस्तारै सुधार हुँदै गएको बताउदै घुमाउरो पाराले सरकारको सफलता भएको जवाफ दिनुभयो । तोकिएको समयमा संबिधान बन्छ त? भन्ने कुवेत नेपाल डट्कमको जिज्ञासामा उहाँले तीन पक्षको बिचमा सहमती भएको खन्डमा समयमा संबिधान बन्ने अवस्था रहेको भन्दै शान्ती प्रकृया धेरै अगाडि बढेको जानकारी दिनुभयो ।

 छलफल कार्यकम भएपनी बिषय वस्तु धेरै गहन रहेका थिए ।  राजदूत मधुवन प्रसाद पौडेल , पुष्प राज भट्टराई ,माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबका अध्यक्ष धर्मराज गिरी ,पुर्व अध्यक्ष किरण पौडेल,सद्स्य सरिता पौडेल र सिला गिरी,जनप्रगतिशिल मञ्चका अध्यक्ष कुमार झापाली,मजदुर सँग कि सचिब तारा पौडेल,नया नेपाल क्लबका अध्यक्ष दिल पुन,एन आर एन ए महासचिब सुजन केसी ,पत्रकारहरु तोयानाथ दाहाल ,अर्जुन बस्नेत ,शिव कोईराला,क्लब सद्स्य ईन्द्र पोख्रेल र उशा पोख्रेल,लिम्बुहरुको भर्खर जन्मिएको संस्थाका अध्यक्ष शिव सुब्बा  लगायता बिभिन्न ब्यक्तिहरुको उपस्थिती रहेको थियो । आजको कार्यक्रममा आफ्नो सुझाब दिदै मञ्चका अध्यक्ष कुमार झापालीले दूतावासमा कर्मचारीको अभाब लगायता हुनेगरेका सम्पूर्ण समस्याको दिर्घकालिन समाधान गरिनुपर्ने माग राख्नु भएको थियो । दूतावासमा कर्मचारीको लागि २ जनाको नियूक्ती गर्ने मन्त्रालयबाट निर्णय भएको जानकारी दिदै आवश्यकता अनुसार यहाँबाट पनि नियुक्त गर्न सकिने ब्यबस्था गरेको जानकारी दिनुभयो । भोली कुवेत सरकारका उप-प्रधानमन्त्री र अर्थमन्त्री सँग  छलफल हुने कार्यक्रम रहेको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.