ईन्द्र भुसाल, कुवेत
प्रबासमा कमाउन आएको छोरा बिदामा नेपाल फर्किन्छ । साथीभाइहरु, नातागोताहरुलाई भेट्छ, रमाइलो गर्दछ, परिबारलाई सकेसम्म खुशी दिन समय छुट्याउँछ अनी पुन फर्किन्छ कर्मभुमी पुन. अर्को पटक जाँदा अरु नयाँ सपना पुरा गर्न यसरी नै बित्ने गर्दछ प्रबाशी नेपालीहरुको दिनाचार्य तर नेपाली समाजमा त्यस्ता व्यक्तित्वहरु पनि हुनुहुन्छ जस्ले बिदाको समयमा पनि सामाजिक सेवामा आफुलाई समर्पित गर्न चाहनु हुन्छ ।
प्रसंग कुवेतमा कलिलो उमेरमा आफ्नो भबिस्यलाई उज्यालो पार्ने सपना बोकी धन कमाउन आएर अर्धचेतन अवस्थामा लामो समय अस्पतालमा बसी अर्धचेतन अवस्थामै नेपाल फर्किएकी शान्तीमाया दोङको हो उपचारदेखी आर्थीक सहयोग जुटाउन कृयाशिल ब्यक्तित्व राम बहादुर लामा घलान जो नेपाल तमाङ घेदुङ कुवेतका अध्यक्ष हुनुहुन्छ हाल बिदाको बेला पनि शान्तिमायाको स्वास्थ्य के-कस्तो भयो होला र परिवारले उनलाई कस्तो अवस्थामा राख्न वाध्य होलान भन्दै उनको जन्मथलो पुग्नु भएको छ भने पहिलाको बिदामा पनि उहाँ शान्तिका परिवारलाई भेटेर घेदुङ कुवेतको तर्फबाट आर्थिक सहयोग गर्नु भएको थियो ।
अहिले उहाँकै जानकारी अनुसार शान्तिमायाको स्वास्थमा कुनै सुधार भएको छैन भने आर्थिक अवस्था पनि अति नै कष्ठकर हुँदै गएको छ । आर्थिक समस्या भोग्दै आएको परिबेशमा नेपाली दुताबाश कुवेतका दित्तिय सचिब पुष्पराज भट्टराई, सहचारी भुवन पौडेल, सहयोगी टक्कर पाख्रिनले गर्नुभएको सहयोग प्रती शान्ती मायाको परिवारले धन्यवाद दिएको जानकारी लामाले दिनुभएको छ । बचुन्जेल माता, पितालाई आफ्नो रगतको माया छ भने बँचेर भबिस्यमा सुधार हुने सम्भावना पनि लगभग सुन्य जस्तै छ । शान्ती माया दोङलाई कुवेतमा सहयोग धेरै जुटेको थियो जस्मा बिशेषगरी जन-जाग्रिती युवा समाज कुवेतले ठुलो आर्थिक सहयोग जुटाएको थियो भने नेपाल तामाङ घेदुङ कुवेत, NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ लगायत अन्य संस्थाहरु र ब्यक्ती बिशेषले पनि सहयोग गर्नु भएको थियो ।
कुवेतनेपाल डटकम शान्तिमाया दोङको सु-स्वास्थ्यको कामना गर्दै समाजसेबी राम बहादुर लामा (घलान)को सामाजिक सेवाभाबको कदर समेत गर्दछ ।
वास्तवमा भन्ने हो भने तपाईंहरु सन्सारकर्मीहरुको पहल र कुवेतका लागि प्रथम नेपाली राजदुत महामहिम श्री मदुवन प्रसाद पौडेल ज्यु र दुतबास परिवार कुवेतका कृयासिल सँग सस्था हरु बाट सहयोग नपाएको भए शान्ती माया दोङ आज जन्मभुमिमा होइन कुवेत मा हुन्थ्यो ! मेरो मात्रै प्रयास ले सम्भबनै थिएन यसको लागि म तपाईंहरु प्रती हार्दिक आभर ब्येक्त गर्दछु धन्याबाद न्युज को लागि अर्जुन भुसाल सर अनी तपाईंको टिमलाई!!!!!!