ईन्द्र भुसाल, कुवेत
नेपालमा राजनीतिक पार्टी बिभाजन हुँदा मात्र होईन, कलाकारहरु बिभाजन हुँदा पनि नेपालीहरुको मन दु:खेको थियो कुनै बेला कुवेतमा । तर आज समयले कोल्टे फेरेको छ । राजनीतिक पार्टीहरु एकजुट भए भनेर नेपालीहरुले ताली बजाउँदैनन् तर कलाकारहरु एक भएको सबैले हेर्न चाहन्छन भन्ने बिषय आजको स्वतन्त्र कलाकारहरुको सयुक्त परस्तुतिको भब्य सफलताले पुष्टी गरेको छ । केही कुवेतबासी नेपाली महानुभाबहरुको प्रयासमा आज आयोजना गरिएको चैते दसैं सांगितिक रमझम मालियाको एसिया-एसिया होटलमा भब्यरुपले सम्पन्न भएको छ । \
राजेश पायल राई, राजु लामा, रेश्मा सुनुवार देखी अन्य सँघ-संस्थाहरुले कार्यक्रममा खचाखच भरिने कुवेतको एसिया-एसिया होटल आजको चैते दसैं साँस्कृतिक कार्यक्रममा पनि स्थानिय नेपाली कलाकारहरुको स्वत्रन्त प्रस्तुतिमा कुवेतवासी नेपाली दर्शकहरुले खचाखच भरियो । यद्दपी, प्रबेश शुल्क भने मात्र केडी २ रहेको थियो । प्रबाशमा जागिरे जिन्दगी बिताएपनी बचेँको समयलाई सदुपयोग गर्दै कलाकारहरुले आफ्नो भाषा र सस्क्रितीलाई जीवान्त राख्न जे-जस्तो पसिना बगाएका छन र कलाकारहरुलाई सहयोग मिलिरहेको छ त्यसलाई अति नै सरहना गर्नु पर्दछ ।
एनआरनए कुवेतका अध्यक्ष राजेन्द्र तामाङ दम्पती प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा उपाध्यक्ष राजु थापा, महासचिब सुजन केसी, माउन्ट एभरेष्ट स्पोर्टिङ् क्लबका उपाध्यक्ष तथा कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आले, सास्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्य, नेपालकुवेत डटकमका प्रधान सम्पादक राजन रिमाल, मरुभुमिको कोशेलिका प्रधान सम्पादक तोयानाथ दाहाल लगायत कुवेतनेपाल डटकम र नेपालकुवेत डटकमका पत्रकारहरुको साथमा कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका अध्यक्ष र प्रतिनिधिहरुको आथित्यता रहेको थियो भने कार्यक्रम आयोजकमा एक मात्र साहसी महिला सारा राइको सभापतित्वमा सन्चालन भएको थियो ।
नेपालमा लामो समयदेखी पत्रकारितामा आवद्द रहनु भएका रेडियो ईटहरिका सञ्चालक भुवन सुबेदीले कार्यक्रमलाई अत्यन्तै मार्मिक एवं रोचक ढंगले सन्चालन गरेर सांगितिक माहौललाई तालि नै तालिमा गुञ्जयमान बनाउनु भएको थियो । प्रमुख अतितिबाट कार्यक्रमको उद्घाटन भएपछी सांगितिक माहौलमा प्रवेश गरेको चैते दसैं कार्यक्रममा उपस्थित सबैलाई आयोजकको तर्फबाट रन बहादुर रसाईलीले स्वागत मन्तब्य दिंदै स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा राजेन्द्र बिरही देखी सोम रसाइली अनी कुवेतमा साँस्कृतिक सस्था जन्माउन महत्वपूर्ण भूमिका खेल्ने रत्ना बराल, पुर्खा पुन, नबिन श्रेष्ठ, देब लिम्बु, अनिल रसाईली लागयत दर्जन भन्दा बढी कलाकारहरुले आ-आफ्नो प्रस्तुति दिनुभ्एको थियो भने नयाँ कलाकारहरुले पनि राम्रो प्रस्तुति पस्कनु भएको थियो । सागर राइको देउरालीको चौतारीमा देखी सोम रसाइलिको कमेडी संगीत अनी राजेन्द्र बिरही, इश्वर बिक र रत्ना बराल आफ्नो बेजोड प्रस्तुति सँगै दर्शकलाई नचाउनु भएको थियो ।
बाल कलाकार सुरुची थापा र नयाँ अर्की गुरुङ बाल कलाकारको प्रस्तुति देखेर दर्शक दङ्ग परेका थिए । कार्यक्रममा लोप हुँदै गएको वाध्यबादन तबेलालाई संरक्षण गरेको खुशीमा अलसायामा कार्य्ररत रमेश किराँतले तबेला बादक बालकृण महर्जनलाई के.डी १०० ले सम्मान गर्नु भएको थियो । कुवेतको नेपाली इतिहासमा यती धेरै रकमले सम्मानित हुने स्थानिय कलाकारमा महर्जन उर्फ पासा शायद पहिलो कलाकार हुनुहुन्छ ।
कुवेतनेपाल डटकम सम्पूर्ण स्थानिय कलाकारहरुको हौशला थप बुलन्द होस र आज जस्तै सदा-सर्वदा वहाँहरुको कार्यक्रममा सफलता प्राप्ति होस भन्ने कामना गर्दै आयोजकहरु श्याम राई, रन बहादुर रसाईली, अमन राई, बेला बहादुर मगर, सारा राई लगायत सम्पूर्णलाई धन्यवाद तथा बधाई दिन चाहन्छ ।
स्वतन्त्र कलाकारहरुको सयुक्त परस्तुति एक्दमै राम्रो भएछ यसरीनै आउँदा दिन्हरुमा पनि कार्यक्रम गर्दै जानोस कुवेत बासिको मन जित्नोस भन्ने मेरो स्वतन्त्र कलाकारहरु लाई शुभकामना।
धन्यवाद
धर्म राज गिरी
एन आर एन ए एन सि सी कुवेत
Really good and guys keep it up