गणतन्त्र र नेताविरुद्ध नारावाजी
१८ फागुन, विराटनगर । पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुक, राष्ट्रियता र प्रजातन्त्र जोखिममा परेको बताउनु भएको छ । भविश्य महापुराणको उद्घाटन गर्न बिराटनगर आएका पूर्व राजा ज्ञानेन्द्रले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मुलुक, राष्ट्रियता र प्रजातन्त्र खतरामा परेको बताउनु भयो । ‘मैले सुरुदेखि नै यी तीन कुरामा जोड दिँदै आएको थिए, आज आए तीनै जोखिममा परे’ रत्ना होटलमा करिव ३ मिनेट सञ्चारकर्मीहरुसँग एकोहोरो सम्वाद गर्नु भएका पूर्व राजा ज्ञानेन्द्रले भन्नुभयो-’मुलुक नै नरहे हामी नेपाली कसरी रहने ?’ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 01/03/2012
पूर्व राजाले भने- ‘मुलुकै नरहे हामी कसरी नेपाली ?’
Posted in नेपाल समाचार
देशमा सबैभन्दा भ्रष्ट माओवादी पार्टी : कङ्ग्रेस नेता थापा
बरुण पनेरु, डडेल्धुरा
फागुन १८- देशमा सबैभन्दा भ्रष्टाचारी रहेको पार्टी माओवादी भएको आरोप सभासद तथा नेपाली कङ्ग्रेसका युवा नेता गगन थापाले लगाएका छन्। कार्यकर्ता सम्बोधन गर्न डडेल्धुरा पुगेका सभासद थापाले गाउँ-गाउँमा माओवादी कार्यकर्ताहरुले अनियमितता गरिरहेका बताए।
‘माओबादीका जिल्ला कार्यकर्तादेखि केन्द्रीय नेताहरु भ्रष्टाचारको मुद्दामा मुछिएका छन्’, उनले भने, ‘भ्रष्टहरु पार्टीका रुपमा माओबादी पार्टी विकसित भइसकेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
हराएको नेवानिका विमानको पांग्रा दिल्लीमा
महेश आचार्य
एयर इण्डियाको ट्र्लीमा फेला परे दुईवटा पांग्रा
नयां दिल्ली, फाल्गुन १८ – राष्ट्रि ध्वाजावाहक नेपाल वायुसेवा निगमको जहाजका हराएका पांग्रा नयां दिल्लीमा फेला परेको छ । गत नोभेम्बरयता हराएको भनिएका दुईवटा पांग्रा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक उडानको क्षेत्रमा मंगलवार फेला परेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार