Monthly Archives: मार्च 2012

कती उचित छ मोबाईलको प्रयोग शिक्षाको मन्दिरमा ? समाज कस्तो बन्ला नकारात्मक प्रयोगले


ईन्द्र भुसाल, कुवेत

पहिला पहिला बिशेषगरी भारतमा गएर रोजगारी गर्ने नेपालीहरुको ठुलो जमात थियो । ६ महिना पहिला लेखिएको चिट्ठी नेपाल पुग्दा आफ्नो परिवारमा त खुशी आउथयो नै चिट्ठी पढ्ने बेलामा छर छिमेकी हरुपनी आएर सुन्ने गर्थे । पत्रको आफ्नै एउटा महत्व थियो अनी संचारको बलियो माद्यम थियो बिशेष गरी पहाडी ठाउँ मा । मानब जातीको बिकास गनै उस्ले गरेका आबिस्कारहरुले मानबलाई नै धेरैभन्दा धेरै फाईदा पुगेको छ यद्यपी मानबले निर्माण गरेको एटम बम देखी घातक हतियारले उही मनुस्यलाई तर्छाएको किन नहोस् अहिले । पढ्नेक्रम जारी राख्नुहोस्

पूर्व गोर्खामाथि खनिए बेलायती मन्त्री


१८ चैत, काठमाण्डौ -पूर्व गोर्खा सैनिक बढेर समस्या भएको भन्दै प्रधानमन्त्रीलाई पत्र लेख्ने, कहिले उनीहरुलाई शरणार्थी बनाउनुपर्छ भन्ने चर्का अभिब्यक्ति दिएर चर्चामा आउने बेलायती रक्षा मन्त्रालय अन्र्तगत अन्तराष्ट्रिय सुरक्षा रणनीति मन्त्री जेराल्ड होवार्थ फेरि भूपू गोर्खामाथि खनिएका छन् । आफ्नो जीवन र जोवन दुवै बेलायतको रक्षार्थ अर्पण गरेका गोर्खा समुदायलाई उनले पार्कको सिट कब्जा गरेको अभियोग लगाएका छन् । आफ्ना मतदाताले पार्कमा जान नपाउने अबस्था भएको र सवै सिट कब्जा भएको उनले आरोप लगाए । पढ्नेक्रम जारी राख्नुहोस्

आज चैते दशै मनाइदै


१८ चैत, काठमाण्डौ – आज चैते दशैं र रामनवमी पर्व मनाईंदैछ । दुर्गा भवानीको पूजाआराधना गरी चैतेदशैं पर्व मनाईने गरिन्छ ।काठमाडौं उपत्यकाका शक्तिपीठहरु गुहृयेश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, कालिकास्थान, सङ्कटा र मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुईंचो छ । पढ्नेक्रम जारी राख्नुहोस्

विदेशमा बन्धक जीवन


खिलानाथ ढकाल, विराटनगर, चैत १८- मनकुमारी ढुंगेल चार महिनादेखि श्रीमानको मुक्तिका लागि छट्पटाइरहेकी छन्। तीनवर्षे छोरी च्यापेर भौंतारिन्छिन्। आज आउँछन् कि भोलि भनेर बाटो हेर्छिन्। तर, श्रीमानको फर्कने ठेगान छैन। कमाएर सुख दिन्छु भन्दै साउदी अरब पुगेका इन्द्रपुर-२ मोरङका होमनाथ ढुंगेल उतै बन्धक बसेको चार महिना पुग्यो। कारण थाहा छैन। काम गर्दा कुनै गल्ती गरेजस्तो लाग्दैन रे। तैपनि बिनाकारण विदेशको अकल्पनीय ठाउँमा एउटै कोठाभित्र कोचिएर बस्नुपर्दा त्रसित भएको उनले परिवारलाई फोनमा बताएका छन्। ढुंगेलसँगै विराटनगरका अमदकुमार कार्की, झापा गौरादहका हेमराज कार्की र खोटाङ दिक्तेलका भीमराज कटवाल पनि अरबको देहात क्याम्पमा भोकभोकै दिनरात काटिरहेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

विवादित विषयमा सहमति जुटाउन शीर्ष नेताहरुको बैठक सुरु


काठमाडौं, चैत १८- शान्ति र संविधानको कामलाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपाली कङ्ग्रेस, एकीकृत नकेपा (माओवादी) र नेकपा (एमाले)का शीर्ष नेताहरुको बैठक शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा सुरु भएको छ। संविधान सभाको म्याद नथप्नेगरी सर्वोच्च अदालतले गरेको निर्णयपछि शान्ति र संविधानका बाँकी रहेका कार्यहरु सक्न दबाब बढेपछि राजनीतिक दलहरुले छलफललाई तीव्र तुल्याएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

परिवर्तित कुवेतको नेपाली समाज, समिर सुबेदीको जन्मदिन समुन्द्री किनारमा मनाईयो (फोटो फिचरसहित)


ईन्द्र भुसाल, कुवेत

बिगतका बर्षहरुको तुलनामा भन्दा अहिले नेपाली समाज कुवेत निकै परिवर्तित भएको छ । हरेक हप्ता हुने नेपाली सँघ-संस्थाहरुका कार्यक्रम, जन्म दिनदेखी पास्नी कार्यक्रम पनि औपचारिक रुपमा हुने गरेका छन । बिगतमा क्लबले गर्ने बनभोज कार्यक्रममा भेटिने नेपाली जमघट अहिले ब्यक्तिगत पाटी देखी जन्मदिन पनि समुन्द्री किनारमा भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

जोसिला युवाहरुले सम्पन्न गरे भब्यरुपमा भलिबल प्रतियोगिता, SDFC पुन बिजेता, उपबिजेतामा KPTC र तेस्रो स्थानमा आयोजक


ईन्द्र भुसाल ,कुवेत

कुवेतको नेपाली समाजको कार्यक्रम सगै जोडीएको भलिबल खेल दिन प्रतिदिन प्रख्यात हुँदै गएको छ अनी खेल खेल्ने नेपाली टिमहरुको सहभागीता पनि तेतिनै बढेर गएको छ । भलिबल भन्ने बित्तिकै कुवेतको नेपाली समाजमा नवप्रतिभा जिलिब सधैं चर्चामा रहने टिम हो । पढ्नेक्रम जारी राख्नुहोस्

फेसबुकबाट पतिपत्नी साटासाट !


काइरो ,  इजिप्टको प्रहरीले एक दम्पत्तिलाई फेसबुकमा आफ्नो घरमा पतिपत्नी साटासाट गर्ने कार्यक्रममा भाग लिन विज्ञापन गरेको आरोपमा पक्राउ गरेको एक सुरक्षा अधिकारीले बताएका छन् ।  एक ३० वर्षीय लेखापाल तथा सोही उमेरकी उनकी पत्नीलाई उनीहरूले फेसबुकमा राखेको विज्ञापनको शीर्षक ‘‘पत्नी साटासाट’’ रहेकाले पक्राउ गरिएको बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्