ईन्द्र भूषाल, कुवेत
चैते दशैको साँगेतिक रमझम भनेर नाम दिएको कुवेतमा बिभिन्न सँघ-संस्थामा कृयासिल कलाकारहरुको स्वतन्त्र र सयुक्त प्रस्तुती हुने समय जती जती नजिकिदै गएको छ यो कार्यक्रम कस्तो होला र कलाकारहरुले कुवेतबासी नेपालीहरुलाई कती रमाइलो पस्कनेछन भन्ने चासो पनि स्वाभाबिक रुपमा बढेर गएको छ। कुनै बेला आफ्नो संस्थाको मात्र कार्यक्रममा प्रस्तुती दिने कलाकारहरु अहिले सबै मिलेर अतिनै स्वतन्त्र तरिकाले आफ्नो कार्यक्रम गर्दैछन। नत यहाँ कुनै संस्थाका सल्लाहाकार छन। आयोजकमा नत कुनै पुर्व प्रमुख वा पत्रकार? कलाकारहरुलाई स्वत्रन्त्र किसिमले कार्यक्रम गर्ने बातावरण बनाएका छन केही नेपाली साथीहरुले। श्याम राइ ,साहरा राइ,रन बहादुर रसाईली ,सोमलाल लामा र बेल बहादुर मगर अनी अमन राइको प्रयास नै कलाकारहरुलाई एउटै मञ्च दिलाउनु र आयोजना पनि उहाहरुकै हो। कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन अनी समेटनेछन नेपालीहरुको चाहाना अनी दिनेछन रमाईलो पन जुन सबैले चाहेको हुन्छ ।
बिगतमा नेपाल कुवेत साँस्कृतिक मञ्च देखी लालिगुराँस साँस्कृतिक परिवारले कार्यक्रम गर्दा मञ्चमा मात्र होईन सहयोग स्वरुप आर्थीक र भौतिक सहयोग गर्ने हरेक नेपाली सँघ-संस्था देखी तिनका प्रमुखहरु यो स्वतन्त्र कलाकारहरुको मञ्चमा कस्तो व्यावहार पस्किन्छन अनी स्थानिय कलाकारहरुलाई एउटै मञ्च दिलाउन खोज्ने आयोजक मित्रहरुलाई कस्तो हौसला मिल्छ उहाँहरुको उपस्थितीले त्यो भने हेर्न बाँकी छ। लगभग दुई दर्जन पुग्न लागेका नेपाली संस्थाका साथीहरुको उपस्थिती अनी बाहिर बजारमा निस्कदा स्थानिय कलाकारहरुको निकै गुणगान गर्ने ब्यक्तिहरुको उपस्थिती कती रहला त्यो पनि हेर्न बाँकी नै छ। अतिनै स्वतन्त्र तवरले कलाकारहरुले जुन प्रस्तुती गर्ने मौका पाएका छन तेसको लागि आयोजक लाई धन्यवाद दिनु पर्दछ अनी सहयोग,सुझाब र हौसलाको आवश्यकता रहेको छ। सबै संस्थाहरुको सहयोगी भावना र सकारात्मक सोच नै यो कार्यक्रमको सफलता हुनेछ ।
dear friends,
shyam,ran bahaduer, sara rai .& somlal jeeee keep it up
धन्यवाद इद्र भुशाल जि..! न्यूको लागि जुन हामी आयोजकको मन बिचार अनी आयोजना अनुसारको मेरो मन जस्तो न्युज दिनु भयो धन्यवादी छौ आयोजक टिम स्पेसल म ..!
तर ईन्द्र सर दु:खको कुरा यो भखरपो देखे एक हप्ता अगाडि हाली दिनु भाको भए कती अशल हुने थियो ….
श्याम जि यो समाचार कार्यक्रम हुनुभन्दा एकहप्ता त होईन २ दिन अगाडि हालेको हो शायद धेरै जनाले हेर्नुभएहोला । हजुरहरु आयोजक लाई धनयबाद कलाकार लाई राम्रो अबसर दिनुभएकोमा ।