गोल्डकप सफतापूर्वक सम्पन्न, फेरी पालो E-SAF-C टुर्नामेण्टको


ईन्द्र भुसाल, कुवेत 

माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले हरेक साल सन्चालन गर्ने माउन्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप गत हप्ता अत्यन्तै रमणिय बातावरणमा सम्पन्न भएको छ, कुवेतमा । मैदानको चारैतिर खेलप्रेमी नेपाली दर्शकहरुको खचाखच उपस्थिति र अति नै सौखिन खेलाडीहरुको रोचक खेल देखेर बिगतका दिनहरुमा भन्दा नेपालीहरुले धेरै मनोरन्जन लिएको आयोजकले पाएको छ । नयाँ र फुर्तिला खेलाडीसँगै लामो समय कुवेतमा गोल्ड कप खेलेका अनुशासित र भरपर्दा खेलाडीहरुको जादुमय खेलले बातावरण रमाईलो तथा उल्लासमय नै रह्यो ।

एउटा असल खेलाडीको सबैभन्दा ठुलो सम्पत्ति भनेको अनुशासन हो र उक्त खेलाडीले सदा-सर्बदा जितलाई मात्र होईन हारलाई पनि उत्तिकै सलाम गरेको हुन्छ । गोल्ड कपमा कुन खेलाडीले आफ्नो परिचय कसरी दियो सबैका आँखा अगाडि सुर्य जस्तै छर्लङ्ग छ । विश्वको ब्रितचित्रलाई हेर्दा हारलाई बर्दाश गर्न नसक्ने खेलाडीलाई असल खेलाडीको रुपमा लिन सकिदैन जुन विश्वब्यापी खेल सिद्दान्तमा अंकित छ । जे-जसरी भएपनि क्लबले सन्चालन गरेको खेल सम्पन्न भएकोमा सबै खुशी देखिए भने निराशा, बेखुशी वा असन्तुष्टी पनि मानब जीवनको परिचय भित्र पर्ने कुरा हुन त्यसैले यसलाई एउटा सफल कार्यक्रमको रुपमा आयोजकले लिएको छ ।

क्लवको पूर्व-घोषित कार्यतालिका अनुसार अब पालो प्रबासी दक्षिण एसियाली फुटबल प्रतियोगिता (E-SAF-C) खेलकुदको हो जुन माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले छिट्टै आयोजना गर्दैछ । गोल्डकपमा खारिएका र देशको प्रतिनिधित्व गरेर खेल्न सक्ने खेलाडीहरुले क्लवसँगको सहयात्रामा प्रबासी भुमिमा राष्ट्रको लागि खेलेर नेपालको नाम रोशन गर्नेछन । शुरुदेखी अन्तसम्म माउन्ट एभरेष्ट एम.बि. टुर्नामेन्टमा कुन खेलाडीले आफ्नो खेल कौशलता कसरी प्रदर्शन गर्‍यो र उसको चमत्कारीक खेलले आगामी प्रबासी दक्षिण एसियाली खेलमा कस्तो प्रभाब पार्न सक्ला ? त्यो नै अहिलेको मुख्य चासोको बिषय हो ।

माउन्ट एभरेष्ट एम.बि. बमजन टुर्नामेण्टमा सहभागी १२ नेपाली टिमका खेलाडीहरु मध्येबाट नै नेपालले तयार गर्ने २ वटा राष्ट्रिय नेपाली टिम बन्ने छन तर तयारी बाँकी छ र समय पनि लाग्नेछ । जसमा: खेलाडी छनौट अति नै पारदर्शी हुनु जरुरी छ । नाता, गोता र कृपाबादले जगडिएको नेपालको खेल जगत भन्दा आकाश जमिनको फरकमा हुनुपर्दछ प्रबाशी दक्षिण एसियाली फूटबल खेलको लागि छनौट, निष्पक्ष रुपमा । जसबाट नेपालका खेल क्षेत्रमा देखिएका राजनैतिक घुसपैठ, चम्चागिरी, दादागिरी र आफन्तजनलाई जबर्जस्ती घुसाउने र खेल सिद्दान्तको ठाडो बलात्कार गर्दै नेपाली खेल जगतलाई धरासाही पारेको अवस्थामा त्यही सत्यतालाई मध्येनजर गर्दै पक्कै पनि कुवेतमा त्यस्को बर्खिलाप गर्दै क्लबले त्यो हुन दिने छैन भन्ने पुरा विश्वास कुवेतबासी नेपाली र सम्पूर्ण खेलाडी साथीहरुमा हुनु पर्दछ, तब मात्र जितिन्छ खेल र बच्नेछ क्लबको नैतीक, सैद्दान्तिक र पवित्र सामाजिक प्रतिबद्दता पनि । यसका बाबजुत, खेलाडी के-कसरी निष्पक्ष तवरमा छानिने हुन त्यसको एउटा सैद्दान्तिक मापदण्ड कोर्दै प्रबाशी दक्षिण एसियाली फूटबल खेल सफतापुर्वक सम्पन्न पार्नु नै क्लवको आगामी यात्रा रहेको छ । जसमा सम्पूर्ण कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, नेपाली राजदूतावास, खेलप्रेमी कुवेतवासी नेपाली र सम्पूर्ण खेलाडी साथीहरुको भरपुर सहयोगको क्लवले आशा राखेको छ ।

भारतीय क्रिकेटमा सरद पवार अध्यक्ष भएपछी महाराष्ट्रका खेलाडी नखेले पनि राख्नुपर्छ भन्ने मान्यता नहटेसम्म भारतीय क्रिकेट सुध्रिएन, क्याप्टेन नै भएपनि र दुई पटक विश्वकप देशलाई जिताएपनि जब पोन्टिङले खेल्न सकेनन उनलाई टिममा सामेल गराउन अष्ट्रेलियन क्रिकेट एसोसिएसनले मानेन त्यो नै निष्पक्षता हो । हामीले पनि त्यही गर्नुपर्छ असल परिपाटी बसाल्न र खेलको मुलमन्त्रलाई अगाल्न । राम्रो खेल्ने र अनुशासित खेलाडी नै यो महत्वपूर्ण खेलमा सहभागी हुनेछन न त यहाँ क्लबको नाता चल्नेछ, न त यहाँ आफन्त वा पदिय अनी संस्थगत निर्णय । राष्ट्रको झण्डा त्यो खेलाडीले फहराउने छ जसले खेलको सम्पूर्ण भाबना र मर्मलाई कदर गर्नेछ ।

माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको सकृयतामा कुवेतमा अबको केही दिनमै तयारी हुने नेपाली राष्ट्रिय टिमले खेल्नेछ प्रबाशी दक्षिण एसियाली फूटबल खेल (E-SAF-C) कुवेतमा” जुन २००५ मा पनि यही क्लबले आयोजना गरेको थियो । सुझाब, सल्लाह र अन्य प्रतिकृयाको लागि पाठकले आफ्नो स्पष्ट नाम, सम्पर्क नं. र ईमेल जनाउनु हुन अनुरोध गरिन्छ, छदमभेषी नामका कमेन्टलाई मान्यता दिईने छैन ।

सम्पादक डेस्क, कुवेतनेपाल डट कम

11 responses to “गोल्डकप सफतापूर्वक सम्पन्न, फेरी पालो E-SAF-C टुर्नामेण्टको

  1. Indra Dai, bomjon cup safal vayeko maa badhai, ani ESAF PANI YESAI GARI SAMPANNA HOS, AGRIM SHUVAKMANA,
    but daju, game, maa ramro kheldai maa,u best player hudaina jaba u saga anusasan chhaina vane, jo kheladi, reffree lai mukh chadchha, reffree ko nirnya maa bar bar umlo thadaucha, waaa khel abadivar sadvab rakhdaian vane, tyo best playera hunna vani, jannu uttinai aabashyak chha, chahe tyo kheladi jun sukai hos,waa jaha sukai ko hos.maile yes baremaa club,president saga kura gareko, uhaa le ta malai s baremaa nasoda, kina ki malai kehi thaa chaina vannuvayo, ani ma ta tin chhak pare,ki club ko president or khel samyojak lai nai khei thaa rahencha,ra arko kura, ahile samma,kuwait maa kunai game maa nata kripa bad lagu vaye jasto lagena, tara s pali news maa ali badi nai nata kripa bad nahos vani kura aayo, kina club samiti kaa le nata kripa bad badi laadni garekaa chan ki kaso???????????????????tea chhanot maa khel sambhandi anuvab vayekaa lai rakhnu vayo vane abashya yesto hune chaina,,,,,

  2. Yo MB Bomjan Gold Cup bhaneko Kun chari ko nam hola? Kasle diyeko? Chhotkari ma janakari dinu bhaye khushi hune thiye????

    Suvachintak

  3. शुभचिन्तक ज्यु हजुरले सोधन खोज्नु भएको जवाफ महिले तल राखेको छु। तर माथिको समाचारमा यो सबै शहीत खुलाएर अनिमात्र समाचार हाल्नु पर्ने थियो किनकी कसैले पनि गएर यम बि बोमजन केहो भनेर पाना पल्टाएर हेर्न चाहदैन किनकी पाठक हजुरहरुले सबै बिबरण एउटै समाचार मा पढन चाहनु हुन्छ यो हजुरलाई मात्र नभएर हामी पनि सोही चाहन्छौ त्यसो भएको खन्डमा सुनमा सुगन्ध थपिये जस्तो हुन्छ। यस न्युज मा कमिकम जोडी भएको मा हामी लगायत म क्लब अध्यक्ष माफि माग्न चाहन्छु तर हजुरले खोज्नु भएको प्रश्न को उत्तर तल दिएको छु। सम्पूर्ण दाजु भाई दिदी बह्नी हरु एम. बि. ए. बोमजन भनेको के हो र कस्ले उत्पती गरो यस कुवेत नगरिमा भनेर तल महिले क्र्मस राखी दिएको छु। पढनु होला………….

    बिगत लामो समयदेखी कुवेतको मराफी सेक्युरिटी कम्पनीमा अपरेशन म्यानेजरको पदमा कार्यरत, बरिष्ट समाजसेवी, NRNA कुवेतका अध्यक्ष, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतका संस्थापक एबं बरिष्ट सल्लाहाकार श्री राजेन्द्र तामाङ् ज्यूले आफ्नो स्वर्गिय पिता मान बहादुर बमजन ज्यूको स्‍मृतिमा सन् २००० को अक्टोबर महिनामा के. डि. 700/- (ने. रु. 197,400) को लागतमा ५ (पाँच) तोला बिशुद्ध सुन जडान गरि स्थापना गर्नु भएको यो गोल्ड कपलाई स्थापना कालमा एम.बी. बमजन मेमोरियल गोल्ड कप भनेर नामांकरण गरियो । तत्पश्चात, एम.बी. बमजन मेमोरियल गोल्ड कपको सञ्चालन एबं सुरक्षा समन्वय माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतले गर्दै आएको छ ।

    २) एम.बी. बमजन मेमोरियल गोल्ड कपको आकृति:
    आधार (जग) साधारण काठको बनावट, पिंधको भागमा सुनाबि रङ्को साधारण बुट्टे डिजाइन, कम्मर तहसम्म (चाँदी) सिल्भरको आवरण, शिरमा ५ (पाँच) तोला बराबरको बिशुद्ध सुनको अण्डा आकारको ढिक्को, अनि दायाँ र बायाँ पट्टि भाग सिल्भर रङ्ले पोतिएको समात्ने हेण्डल भएको यस कपको सुन्दर एबं आकर्षक आकृति रहेको छ ।

    ३) माउण्ट एभरेष्ट एम.बी. बमजन गोल्ड कपमा रूपान्तरण:
    “एम.बी. बमजन मेमोरियल गोल्ड कप” कपका संस्थापक एबं क्लवका बरिष्ट सल्लाहाकार श्री राजेन्द्र तामाङ्ले मिति १८ डिसेम्बर २००९ का दिन, एक औपचारिक समारोहका बीच यस कपको स्वामित्व र अधिकार पूर्णरुपमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतमा निहित रहने गरि हस्तान्तरण गर्नु भए पश्चात यो कपको नाम “माउण्ट एभरेष्ट एम.बी. बमजन गोल्ड कप” मा रुपान्तरण गरिएको हो ।

  4. समाचार पढ्नु हुने सबैलाई धन्यवाद दिन चाहन्छु र शुभचिन्तक ज्यु लाई आफ्नो संपर्क खुलाउन मेरो आग्रह छ । कुनै पनि लेख ,समाचार र रचना समय अनुसार र एथार्थ परक हुन्छन भने उपन्यास काल्पनिक धेरै जसो । कुन बिषय लाई कती पटक कहाँ उठाउने त्यो पनि समय हुन्छ । मैले तरुल खन्न जादैछु भने पक्कापनी घन लिएर जादिन खन्ती वा कोदालो लिएर जान्छु । गोल्डकप को ’boutमा के कती लेखियो र के कती देखियो ईतिहास बोल्दछ । अब देख्दा पनि नदेख्ने र सुन्न पनि नसुन्ने बानी छाडेर गहिरो गरी हेर्ने र पढ्ने बिचार अगाडि बढोस् सबैलाई यही शुभकामना ।

  5. Natabad ra kirpadad ko Kura purbeli tiger ka sapoter masc ka lidar mr rajendra jiu lae sajaunu parne dekhin chh ,,,,,

  6. Kin chhanot parkiriyama lanu sedhai mesc ka aadhechhy dharma raj ji sangae purbeli tiger lae pathae diya vaelahoni ,,,,,,,

  7. हरी जि यदी खेलाडी छान्ने प्रकृया मा पुर्बेलि टाइगर का सबै क्राइट एरिया मा परेको खन्डमा सबै म पुर्बेलिनै राखने छु हजुरले भन्नै पर्दैन। यो ’bout हजुरले चिन्ता नलिये हुन्छ है यदी यस् ’bout केही भन्नु छ भने कृपया हरी मात्र नलेखेर हजुरको पुरा नाम अनी फोन नो हाल्नुन अर्थात मलाई भेटेर नै कुरा गारौ यदी चित्त नबुजेको खन्डमा महिले तल राखेको नोमबर कल गर्नु होला ओके सर र खेलाडी कसरी छान्नु पर्छ भन्ने कुरामा कृपया नसिकाये बेस होलाकी ?
    66068925
    94069734
    69930368
    90974316
    my home 23734124 you can call me 7/24hrs

  8. Gopi if you don’t no how to write MESC dont right ok other ways i will write your name gopa are you happy?

  9. 2012-03-16 bata huna gairaheko khasi partiyogita suru huna jamma 1hapta baki jama 8 ota samuha raheka chan 1 parbasi 2 unique Nepal 3 k.p.t.c 4 n.f.c 5 sweetish 6 alghanim 7 sultan ra 8 purbeli tiger raheka chan khel suru hune time bihana 07:00am mabulla latika building pachadi thankyou !

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.