मार्च २ तारिक एसिया एसिया होटेल संगीतले गुन्जने,कलाकार हरुले स्वतन्त्र पुर्वक कार्यक्रम गर्दै


ईन्द्र भूषाल, कुवेत

समय पनि अचम्मको हुदोरहेछ जुन साथीहरुको बिषयले कुनै बेला संगीत प्रेमिहरु चिन्तित थियौं,भने आज पुन उनै पात्रहरुको बिषय लेख्न र पढ्न पाउँदा साह्रै खुशी लाग्दछ। कुवेतको पहिलो नेपाली साँस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मञ्च बिभाजित हुने बेला कलाकार मात्र होईन कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था नै दु:खी थिए, तर आज कुनै बेला एक संस्थाको कार्यक्रममा हेर्न सम्म नजाने साथीहरु एउटै मञ्चमा मन मुटु मिलाएर आफ्नो सांगीतिक कार्यक्रम कुवेतवासी नेपालीहरुलाई पस्कदै छन। यो भन्दा रमाइलो पक्ष कुवेतवासी  नेपालीहरुलाई के नै हुन सक्छ ?
प्रसंग मार्च २ तारिक मालियाको एसिया एसिया होटेलमा हुन गईरहेको कुवेतमा रहेका नेपाली कलाकारहरुको प्रस्तुतीको हो। चैते दशैको मौका पारी कुवेतमा रहेका केही ब्यक्तिहरुको सहयोग र आयोजनामा कलाकारहरुले स्वतन्त्र पुर्वक कार्यक्रम गर्दै छन । चर्चित लोक गाएक राजेन्द्र बिरही ,गायिका  रत्ना बराल ,अनिल रसाईली ,देव लिम्बु ,सागर राई लगायत अन्य कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन। चैते दशै बाग्लुङे मेलामा जान नपाएपनी नेपाली कलाकारहरुको जमघट हुने मालियामा पक्कै जान र नाच्न पाईने भएको छ। सांगीतिक क्षेत्रमा लामो समय बिताएका नबिन श्रेष्ठ देखी पुर्खा पुन र गीतारमा मौसम मगरको प्रस्तुती देख्न पाइने भएको छ, भने भर्खरै मात्र कुवेत आउनु भएका कलाकार सागर विश्वाशको समेत धमाकेदार प्रस्तुती रहने भएको छ। कार्यक्रमको तयारी सम्बन्धी एक जिज्ञासामा तयारी राम्रो रहेको र  स्थानिय कलाकार हरुले बिगतको भन्दा धेरै राम्रो कोसेली कुवेतवासी  नेपालीलाई पस्कने पर्खाईमा रहेको गायिका रत्ना बरालले फोन संपर्कमा बताउनु भयो। सम्पूर्ण कुवेतवासी  नेपालीहरुलाई कलाकारहरुलाई हौसला प्रदान गर्न कुवेत नेपाल डट काम आहावान गर्दछ ।

3 responses to “मार्च २ तारिक एसिया एसिया होटेल संगीतले गुन्जने,कलाकार हरुले स्वतन्त्र पुर्वक कार्यक्रम गर्दै

  1. kina ho sabai kalakar ko auchha tara hamro sathi som rasaili ko name halna garo mannu hunchha patrakar sathi haru kalakar sabai ekai hun sabai ko name lagaunu parchha hai

  2. काठमाडौ , फाल्गुन १५ – राजधानीको बबरमहलस्थित आयल निगमको मूलढोकामा सोमबार दिउँसो विष्फोटन हुँदा मृत्यु हुने दुई जनाको नाम ठेगाना खुलेको छ । प्रहरीका अनुसार अझैपनि एक जनाको खनाखत हुन सकेको छैन ।

  3. धन्यबाद कुवेतनेपाल ड्टकमलाई धेरै न्युज दिई प्रोग्राम सफल हुनमा सहयोग गर्नु भयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.