क्षेत्री समाजको बन्दले पूर्वमा जनजीवन प्रभावित


धनकुटा, फाल्गुन ११ – खस क्षेत्रीलाई आदीवासी जनजातिमा समेट्नु पर्ने, खसान क्षेत्र घोषणा लगायतका माग राख्दै खस क्षेत्री एकता समाजले आव्हान गरेको पुर्वाञ्चल बन्दका कारण पूर्वी जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ ।कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा बिहानैदेखि यातायात ठप्प रहेको छ । बिहीबारदेखि तीन दिनसम्म बन्द आब्हान गरिएको समाजका केन्द्रीय सदस्य गोपालबहादुर भट्टराईले जानकारी दिए । मौखिक तथा लिखित रुपमा बारम्बार आफ्ना माग राख्दै आएपनि सम्बोधन नभएकोले दवावमुलक आन्दोलनमा उत्रिन परेको उनले बताए । जातिय राज्य हुन नहुने र भएमा खसान राज्य घोषणा गर्न माग गरिएको छ । 

बन्दका कारण धनकुटा भएर भोजपुर, संखुवासभा, तेह्रथुम लगायत अन्य स्थानमा चल्ने सवारी साधन समेत ठप्प रहेको छन् । यसैगरी बजार कलकारखाना, पसल समेत प्रभावित भएको छ ।

इटहरीमा फाट्टफुट्ट सवारी साधन मात्रै चलेका छन् । बिहानैदेखि कोसी र पूर्वपश्चिम राजमार्ग खण्डमा सवारी चलेका छैनन् । राष्ट्रिय खेलकुदमा भाग लिन गएको साधनलाई भने रोकटोक नगरिएको समाजले जनाएकोछ ।

तेह्रथुम-जिल्लाका प्रमुख वजारहरु म्याङलुङ, वसन्तपुर, जिरिखिम्ती, शुक्रवारे, संक्रान्ती लगायतक वजारका पसल तथा होटलहरु विहानै देखी बन्द छन् । बन्द कर्ताले जिल्लाका सम्पुर्ण शिक्षण संस्था तथा अन्य संघ संस्थामा समेत सूचना पठाएर बन्द गर्न आह्वान गरेको छ ।  

Source: Ekantipur

 

One response to “क्षेत्री समाजको बन्दले पूर्वमा जनजीवन प्रभावित

  1. tyatimatraho?
    mahina din banda gerpo hun6a ta ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.