कसको हातमा जाला यो पटक खेलिरहेको एम. बि. बमजम गोल्डकप? सबैटिमको उत्तिकै सम्भावना


ईन्द्र भूषाल, कुवेत

गएको शुक्रबार रमाईलो सँग पहिलो चरणका सम्पूर्ण खेलहरु सकिए माउन्ट एभरेष्ट एम. बि. बमजम गोल्डकप लगातार ५ पटक कपलाई जित्न सफल कुवेतको पुरानो नेपाली फूटबल टिम अल्गानिम दोस्रो बिजयी ह्याट्रिक गर्न बन्चित भएपछी खेलप्रेमीहरु धेरै अन्दाज गर्न लागेका थिए  र त्यो क्रम अन्दाजी क्रम चलिरहेको छ । आफ्नो घरेलु मैदानमा अतिनै राम्रो खेल खेलेर पुर्व ५ पटकको बिजेतालाई जित्नबाट वन्चित बनाएको SDFC टिम एउटा प्रमुख दाबेदारको रुपमा अगाडि आएको छ, भने गतसाल सनसनी पूर्ण खेलमा अल्घानिम सँग पराजित टिम KPTC पनि ४-२ को बिशाल अन्तरले बिजयी  भएर आफ्नो दाबेदारीलाई अगाडि लिएको छ। चार जात छत्तिस वर्णका साझाफुलबारी समेटिएर पनि पुर्वेली टाइगर जस्तो खरनाक नामले अगाडि देखिएको पुर्वेली टाइगर अर्को सम्भावना हो भने प्रवासी  नेपालका जोसिला युवाहरुले भरिएको टिम एउटा नयाँ नतिजा दिन सक्ने सम्भावनाले आएको छ । पुर्व अल-अमाना टिमबाट खेल्ने खरिएका खेलाडिहरु पनि मिसिएकोले प्रवासी नेपाललाई कम्जोर ठानेमा ठुलो गल्ती हुनेछ । तेसैगरी उदघाटन  खेलमा पेनाल्टी सुटमा नेपाली बोवायजलाई हराएको अल कुवेत पनि टाइगर सँग भिड्ने छ ।

 सम्पूर्ण टिमहरुमा नयाँ र जोसिला खेलाडीहरु भएकोले र गतसालका बिजेता र उपबिजेता दुबै मैदानबाट बाहिरिएकोले पनि यो पटकको गोल्डकप को नतिजा कता जान्छ भन्न सकिदैन। अतिनै चुस्त र खरो रुपमा खेलको अन्तिम मिनेट सम्म एउटै रफ्तारमा खेल्न सक्ने घरेलु मैदानमा खेल्ने अबसर भएकोले पनि SDFC बलियो देखिएको छ, भने अन्य टिमहरु पनि कुनै भन्दा कम छैनन। युनिक नेपालले नयाँ युनिक खेल पनि पक्कै देखाउने छ । 

खेल जित्नको  महत्वपूर्ण हुन्छ ?
खेल एस्तो पक्ष हो जस्मा एउटाले हार स्विकार गर्नु पर्छ । जित्ने सबैको चाहना हुन्छ किनकी हार भन्ने शब्दले मन दु:ख बनाउने गर्दछ, तर एउटा परिपक्का  र सौखिन खेलाडीलाई हारले निरास बनाउदै किनकी उसले  हारबाट धेरै सिकेको हुन्छ । अनुशासित खेलाडीले भरिएको टिम सधैं जितको हकदार हुन्छ, किनकी जुन खेलाडीले खेलको नियम को पालना गर्दछ खास गरी फूटबलमा त्यो खेलाडी अन्तिम मिनेट सम्म खेल्न सक्दछ । शरीरिक तन्दुरिस्ती र खेलाडीहरुले गरिने पुर्व अभ्यासले खेल जित्ने सम्भावनालाई बलियो बनाउदछ । खेलमा आफुमात्र खेल्छु र गोल मैले मात्र गर्छु भन्ने खेलाडी कुनै टिममा छ भने त्यो खेलाडीले नै पुरै टिमलाई पराजयको नमिठो स्वाद चखाउछ । अनुशासन ,गतिसिलता र शरीरिक तन्दुरिस्ती नै बिजयी हुने मार्ग हुन ।

3 responses to “कसको हातमा जाला यो पटक खेलिरहेको एम. बि. बमजम गोल्डकप? सबैटिमको उत्तिकै सम्भावना

  1. perfect article, thx indra bro

  2. purbeli tiger le jit chha ….. bombay bhai keep it up man

  3. dhanyabad hamra kwt nepal.com ka sabai nepali daju bhai haru lai sabai ramra kura haru lekhnu bhayeko rahe6 tara euta kurama chitta nabujheko hunale hajur haru sanga euta binti chadhauna chahanchhu tyo k bhane hajur harule aafno gharelu maidanma bhannu bhayeko rahe6 tara vastvik hamra sdfc ka player haru lai junai pani groundma khelaunu hosh yo bhanda weak kahile pani khelne 6ina yo hamro bhisma pratigya nai ho bhane pani hun6 because of good training everyday thanks by sdfc……………………………….

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.