दिलिप पौडेल, बाग्लुङ, फागुन ८- नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले जातीय आधारमा राज्य पुनर्संरचना गरे मुलुकमा रगतको खोला बग्ने बताएका छन्। यहाँस्थित ग्वाली चौरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले माओवादीले जातीयाताको बीउ रोपेका कारण जातीय सद्भाव बिग्रँदै गएको बताए। उनले मुलुकलाई द्वन्द्वबाट जोगाउन नेका जातीयताविरुद्ध उत्रने बताए।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल पार्टीको विश्वास लिएर अगाडि नबढेकै कारण शान्ति प्रक्रियाले तीव्रता पाउन नसकेको पनि कोइरालाले बताए।
Source: Nagarik