Daily Archives: 19/02/2012

आज प्रजातन्त्र दिवस


७ फागुन, काठमाण्डौ । आज फागुन सात गते । विक्रम सम्वत २००७ सालमा १ सय ४ वर्षे जहानिया राणाशासनको अन्त्य भएर देशमा प्रजातन्त्रको स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष फागुन सात गते प्रजातन्त्र दिवस मनाइन्छ । प्रजातन्त्र दिवसको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रिय सरकार बनाउन दाहाल-नेपाल भेट


काठमाडौं, फागुन ७ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच राष्ट्रिय सरकार गठनका विषयमा छलफल भएको छ। आज बिहान दुई नेताबीच नेपाल निवास कोटेश्‍वरमा पौने घन्टा छलफल भएको एमाले प्रचार विभाग सदस्य विष्णु रिजालले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्

प्रजातन्त्र दिवस नमनाउने लोकतन्त्रविरोधीः पौडेल


 काठमाडौं, फाल्गुन ७ – कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रजातन्त्र दिवस नमनाउने ‘लोकतन्त्रविरोधी’ भनी टिप्पणी गरेका छन् ।सिंहदरवारमा आइतबार संवाददाताहरुसित उनले प्रजातन्त्र दिवस हटाएर सरकारले इतिहास मेट्ने प्रयास गरेको आरोप लगाए । यसअघिका सरकारले फागुन ७ गते टुँडिखेलमा भव्य कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउँदै आएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्