माओवादीले नै जलाए प्रधान मन्त्री भट्टराईको पुत्ला


भक्तबहादुर शाही, दैलेख

फागुन ६ – प्रधान मन्त्री बाबुराम भट्टराई बिहार सममेलनमा गएको विरोध जनाउँदै दैलेखका माओवादीले उनको पुत्ला जलाएका छन्। बिहार जानुअघि भारतीय कम्पनी जिएमआरका लागि वन क्षेत्र दिने निर्णय गरेका भट्टराईलाई ‘भारत परस्त’ भन्दै पुत्ला जलाइएको हो।
भारतको बिहार सम्मेलनमा प्रधानमन्त्री बाबुराम भट्टराई गएका थिए।  देशको सस्तो मानिएको माथिल्लो कर्णाली परियोजनालाई मन्त्रिपरिषदबाट भारतीय कम्पनी जिएमआरलाई आवश्यक पर्ने वन क्षेत्र दिने निर्णयको विरोधमा एनेकपा माओवादी वैद्य पक्ष समूहले प्रधानमन्त्रीको पुत्ला जलाएको हो।
माओवादीले विरोध जनाउँदै आएको माथिल्लो कर्णाली परियोजना उर्जा मन्त्रालयको प्रस्तावमा माओवादी नेतृत्वकै मन्त्रिपरिषदको बैठकले आवाश्यक पर्ने वनक्षेत्र उपलब्ध गराउने निर्णय गरेको हो। नेपाल सरकारले भारतलाई सुम्पेको माथिल्लो कर्णाली परियोजना राष्ट्रघाती भएको भन्दै वैद्य पक्षले दैलेखको पाल्तडा आयोजना स्थलमा रहेको जिएमआरको कम्पनीमा जेठ ८ गते आगजनी गरेका थिए।

दश महिना देखि अवरुद्ध भएको माथिल्लो कर्णाली परियोजना संचालनको लागि बिहीबार मन्त्री परिषदको निर्णयले आवश्यक पर्ने वन क्षेत्र जिएमआर कम्पनीलाई दिई आयोजनाको बाटो खुल्ला गरेकोले विरोधका साथै पुत्ला दहन गरिएको हो। स्थानीयस्तरमा एकिकृत नेकपा माओवादी, नेमकिपा र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले बारम्बार विरोधका कार्यक्रम गर्दै आएपछि सर्वेक्षण अनुमति पाएको भारतीय कम्पनी जिएमआरले सुरक्षा कारण देखाउँदै जेठ महिनाबाट सम्पूर्ण काम स्थगित गरेको थियो।

आयोजनाको विरोधमा प्रधानमन्त्री बाबुराम भट्टराईको पुत्ला दहन गर्दै एनेकपा माआवादी केन्द्रीय सदस्य हर्कबहादुर शाहीले भने, ‘भारतको विहार सम्मेलनमा गएका प्रधानमन्त्रीले विहारका मुख्य मन्त्री नितिष कुमारलाई राष्ट्रको प्राकृति स्रोतलाई उपहार दिएकाले प्रधानमन्त्रीको कुर्सीमा बस्न नैतिकता छैन।’

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.