गोल्डकप फूटबल टुर्नामेन्ट खेलाडिहरुलाई राष्ट्रिय झण्डा फहराउने मार्ग


ईन्द्र भूषाल, कुवेत

करिब १३ वर्ष पहिला थोरै संख्यामा रहेका नेपालीहरु आब्बासिया र हासाबियाको खाली धुले मैदानमा खुशीसाथ फूटबल खेलेको देखेर आफ्नो खेल प्रतिको चासोलाई थाम्न नसकी आफ्न स्वर्गिय पिताको सम्झनामा स्थापना गर्नु भएको यम.बि. बमजन  गोल्डकप फूटबल आज १३ बर्ष पछी अतिनै लोकप्रिय हुँदै गएको मात्र होईन कुवेतमा रहेका नेपाली खेलाडी साथीहरुकोलाई आफ्नो देशको झण्डा फहराएर देशको नाम रोशन गर्न पाउने बलियो मार्गको रुपमा स्थापना भएको छ। ठुला ठुला बिनासकारी हतियार बनाएर संसारमा चिनिन नसकेको अर्जेन्टिना फूटबल खेलेर पुरै दुनियाँमा आफ्नो नाम चिनाउन सफल भएको छ । खेल नै आज संसारमा मनोरन्जनको रमाईलो पक्षको रुपमा रहेको छ, भने खेलले नै देशको इज्जत रहेका धेरै उदाहरण छन। यही महिनाको १० तारिक पनि नेपाली महिला क्रिकेट खेलाडिहरुले खेल खेलेरै देशको नाम रोशन मात्र गरेनन कुवेतमा रहेका हजारौ नेपालीहरुलाई खुशी दिएर गए, भने नेपालसँग खेल खेलेका सम्पूर्ण देशका खेलाडिहरुको मनमा सदासर्वाद राम्रा खेलाडिको रुपमा ठाउँ पनि पक्कै बनाए।

क्लबले २००५ मा खेलाएको प्रवासी  दक्षिण एसियाली फूटबल प्रतियोगिताले धेरै पक्षबाट नेपालको नाम कुवेतमा रोशन भएको थियो भने धेरै खेलाडिहरुले आफ्नो देशको लागि खेलेर गौरान्वित भएका थिए । आज माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबले सन्चालन गरेको गोल्डकपबाट फेरी क्लबले खेलाउन लागेको दोस्रो प्रवासी दक्षिण एसियाली फूटबल प्रतियोगितामा नेपालले निर्माण गर्ने कुवेतमा कृयाशिल नेपाली राष्ट्रिय टिममा राम्रा खेलाडी हरु छान्ने खेल हो । यही प्रतियोगितामा खारिएका नेपाली खेलाडिहरुले नै देशको चन्द्र र सुर्य अंन्कित युनिक नेपाली झण्डा फहराएर आफ्नो छाती फराकिलो पार्नेछन, भने देशको नाम पनि रोशन गर्ने छन।  तेसैले पनि क्लबका बरिष्ट सल्लाहाकार राजेद्र दाजुले स्थापना गरेको यो सुनौलो गोल्डकपले आफ्ना स्वर्गिय पिताको आत्मालाई सान्ती मिलेको मात्र छैन हरेक नेपाली खेलाडीको मन र इज्जतलाई पनि सम्मान मिलेको छ ।

यो गोल्डकप एउटा यस्तो पुल हो जहाबाट सवार हुँदा एउटा राम्रो खेलाडी आफ्नो उत्कृष्ट ठाउँमा पुग्न सक्छ जुन एउटा असल खेलाडिको सपना रहेको हुन्छ । हामीले त्यही आशा गरेका छौं  अन्तसम्मा राम्रो खेल खेल्ने नेपाली खेलाडिहरु आगामी प्रवासी  दक्षिण एसियाली फूटबल प्रतियोगितामा आफ्नो देशलाई जिताउने छन अनी देशको नाम राख्ने छन। सम्पूर्ण नेपाली सँघ-सस्थाहरु सगैको सहयोग र सुझाब सहीत क्लबले आयोजना गर्ने प्रवासी  दक्षिण एसियाली खेल सफल हुनेछ भने गोल्डकपको मार्ग अझै चम्किने छ र खुशी मिल्नेछ ।

One response to “गोल्डकप फूटबल टुर्नामेन्ट खेलाडिहरुलाई राष्ट्रिय झण्डा फहराउने मार्ग

  1. Awasya pani safal hune chha yo haamro E-SAF-C Indra ji. Kuwaitma sthaapit sabai sangh sansthaaharule yo tournament lai safal banaaunako laagi khulera sahayog garnechhan bhanne kuraama kunai dubidhaa chhaina.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.