ईन्द्र भुसाल, कुवेत
“दोश्रो चरण र अन्य खेलहरु आगामी शुक्रबार बिहान ७ बजेबाट हुने, सम्पूर्ण खेलप्रेमी कुवेतवासी नेपालीहरुलाई खेलहेर्न क्लवको निम्तो”
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबबाट हरेक साल सन्चालन हुने माउण्ट एभरेष्ट एम.बि बमजन गोल्डकप फूटबल टुर्नामेन्ट आज औपचारिक रुपमा कुवेतको जिलिब अल-शुवैखस्थित काउन्सिल अफ मिनिस्ट्री S.D.F.C फुटबल मैदानमा, S.D.F.C कम्पनी कमाण्डर क्याप्टेन श्री कुल प्रसाद गुरुङ र युएई एक्सचेन्ज कुवेतका अब्बासिया ब्रान्च हेड मिस्टर जोर्ज भर्गिस र मार्केटिङ म्यानेजर सुनिल कुमारले बललाई किक हानेर उद्घाटन गर्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्