ईन्द्र भूषाल, कुवेत
कुवेतमा बढेको नेपालीहरुको जनघनत्व,असिमित नेपालीहरुका अनगिन्ती चाहनाहरु,संस्थाहरुको हरेक हप्ताको नेपाली कार्यक्रमको बाक्लोपन सगै अब कुनै पनि संस्थाहरुले आयोजना गर्ने कार्यक्रम संख्खात्मक भन्दा गुणआत्मक हुन अपरिहार्य रहेको परिबेश सिर्जन भएको छ कुवेतमा, पहिला पहिला शुक्रबार छुट्टी बिताउने नेपालीहरु अब कुन कार्यक्रममा जाने हो आफ्नो मनको ईच्छा भएको छ । अब अङ्रेजी बर्षको नयाँ साल २०१२ माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबको साँस्कृतिक कार्यक्रममा रमाएका नेपालीहरु,तमाङ लोछार राजु लामाको साथमा रमाए भने नेपालीहरुको नयाँ साल चर्चित लोक तथा आधुनिक गायक शिव परियारको साथमा मालियाको होटेल एसिया एसियामा रमाउने पक्कापक्की भएको छ ।
कुवेतको नेपाली समाजमा आफ्नो नेपाली साँस्कृतिक बचाउन र प्रवासमा रहेका कलाकारहरुलाई आफ्नो गला र कलाको खुबी देखाउँदै अगाडि बढ्न अबिप्रेणीत गर्ने उदेस्यले गठन गरिएको पहिलो साँस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मञ्चले गायक शिव परियारलाई नयाँ साल २०६९ मा कुवेत ल्याउने भएको छ । कलाकार परियारको साथमा नेपाल कुवेत साँस्कृतिक मञ्चका कलाकारहरुले आफ्नो कला पर्दशन गर्ने भएका छन। “फेवातालमा साईली ,क्या दामी भो” जस्ता चर्चित धेरै गीत गाएर नेपाली दर्शको मन जित्न सफल कलाकार परियार पोख्रेली हुनुहुन्छ।
साँस्कृतिक संस्था भएर पनि नेपालबाट कलाकार मगाउनु पर्ने के भन्ने कुवेतनेपाल डट्कमको जिज्ञासामा संस्थाका अध्यक्ष टिकाराम आचार्य आफ्नो संस्थामा राम्रै कलाकार हुँदाहुँदैपनी कुवेतवासी नेपालीहरुको नेपालबाट आएका चर्चित कलाकारहरु प्रतिको आकर्शण र बाक्लो उपस्थिती र चैते दसैंमा हाम्रा स्थानिय कलाकारहरुको कार्यक्रम रहेकोले नयाँसालको कार्यक्रममा कुवेतवासी नेपालीहरुलाई नयाँ संगीतको स्वाद पस्कने र मञ्चका कलाकारहरुलाई पनि चर्चित कलाकारको साथमा नयाँसालको कार्यक्रम गरी अझै उतसाहित गर्ने उदेस्यले मञ्चले शिव परियारलाई ल्याउने निर्णय गरेको जानकारी दिनुभयो । अप्रिल १३ को दिन अब कुवेतवासी नेपालीहरुले रमाईलो गरी मनाउने निधो भएको छ । कुवेतनेपाल डट्कम कार्यक्रमको सफलता को कामना गर्दै आवश्यक प्राचारात्मक सहयोग गर्ने समेत प्रतिबद्धता जाहेर गर्दछौ ।
karyakram safaltako lagi agreem shubhkamna.