Daily Archives: 15/02/2012

गोल्डकपको माहोलसगै बिजेतालाई दिने पुरस्कार समेत बढाईयो, उपबिजेतालाई पनि उचित पुरस्कारको व्यावस्था


ईन्द्र भूषाल,कुवेत

माउन्ट एभरेष्ट स्पोर्टटिङ क्ल ले हरेक साल सन्चालन गर्ने माउन्ट एभरेष्ट यम. बि. बमजम गोल्डकपको माहोल प्रवासको यो भुमिमा जती जती बढेर गएको छ त्यसको  मद्यनजर राख्दै क्लबले उक्त खेलमा बिजय हात पार्ने टिमलाई दिने पुरस्कारमा पनि लगभग ५० प्रतिशतले बढाई १०१ के.डीबाट १५१ केडी बनाएको छ भने उपबिजेता हुने टिमलाई पनि पहिला फिर्ता दिदै आएको प्रवेश शुल्कमा अरु थप गरी उचित नगद पुरस्कार ,कप ,प्रमाणपत्र दिने निर्णय गरेको छ । क्लब द्वरा  खेलाईने खेल मध्यकै सबैभन्दा चर्चित र कुवेतवसी  नेपालीहरुको ब्यापक उपस्थिती रहने यो खेलको माहोल बिगतका दिनहरु भन्दा निकै अनुशासित र रमणिय हुँदै गएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

वर्तमान सरकारले नै आगामी जेठ १४ भित्र नेपालको नयाँ संविधान जारी गर्ने


सन्तवीर लामा,
छथर, ताक्लुङ्ग गडी तेह्रथुम÷नेपाल सरकारका अर्थ राज्य मन्त्रि हरीराज खेवा लिम्वुले वर्तमान सरकारले नै आगामी जेठ १४ भित्र नेपालको नयाँ संविधान जारी गर्ने वताएका छन् ।
“छथर साँस्कृतिक तथा पर्यटन महोत्सव जाऔं, लोपउन्मुख संस्कृति र पर्यटकिय स्थलहरको अवलोकन गरौं” भन्ने मुलनाराको साथ छथर महोत्सव २०६८ लिम्वुवानको एतिहासिक राजधानी ताक्लुङ्ग गडी छथर ओख्रे तेह्रथुममा मंगलवार उद्धघाटन गर्दै अर्थ राज्य मन्त्रि लिम्वुले यस्तो वताएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

गोल्डकप शुरुहुन मात्र तिन दिन बाँकी, सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई खेल हेर्न क्लबको निम्तो


ईन्द्र भूषाल, कुवेत

कुवेतमा नेपाली फूटबलको ईतिहासमा रमाइलो पक्ष बोकेको माउन्ट एभरेष्ट स्पोर्टटिङ  क्लवद्वरा  हरेक साल सन्चालन हुने गोल्डकप फूटबल टुर्नामेण्ट आगामी शुक्रबार SDFC को खेल मैदानमा औपचारिक रुपमा सुरु हुँदै छ । कुवेतमा रहेका प्रवसी  नेपालीहरुले आफ्नो खेल देखाउने शु-अबसर रहेको यो खेलमा १२ नेपाली टिमहरुले भाग लिएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली राजनीति र युवा महिला क्रिकेटमा ठुलो फरक छ।


विनोद पाण्डे, काठमाडौं

 नेपाली राजनीति र युवा महिला क्रिकेटमा ठुलो फरक छ। गत वर्ष महिला टोलीले सिंगापुरमा एसिसी यु-१९ महिला च्याम्पियनसिप जितेर आएपछि मात्र नेपालीले दशैंका अगाडि खुशी साट्ने अबसर पाएका थिए। अहिले नेपाली टोली कुवेतमा त्यो उपाधि जितेर ह्याट्रिक गर्‍यो। पढ्नेक्रम जारी राख्नुहोस्

गीत – गुलावको फूल टिपी


( प्रेम दिबसको अबसरमा हार्दिक शुभ-कामनाको साथमा थोपा-थोपा गीतसंग्रहबाट यो एउटा गीत तपाईहरु लागि ] 
 
गुलावको फूल टिपी दिन मन लागेको छ
तिमीलाई अंगालोमा लिन मन लागेको छ
 
डर लाग्छ सम्बन्ध नै टुटी जाने होकी त्यसै
तर कति राखुँ चाहा लुकाएर छोपी यसै
मनको यो गाँठो फुकाई दिन मन लागेको छ
तिमीलाई अंगालोमा लिन मन लागेको छ
पढ्नेक्रम जारी राख्नुहोस्

उपचार गर्ने भन्दै ‘बाबा’को आपत्तिजनक काम


३ फागुन, काठमाण्डौ । आफ्नो लिंगमा अदभूत दैवी शक्ति रहेको दावी गर्ने बाबा’को बिज्ञापन यतिबेला नेपालको एउटा न्यूज च्यानलबाट बजिरहेको छ ।यहि बिज्ञापनकै आधारमा निशन्तान भएकाहरु उनीसँग उपचार गर्न जाने सोंचमा हुनुहुन्छ भने वेलैमा सर्तक रहनुहोला । आफ्नो लिंगमा अदभूत दैवी शक्ति रहेको दावी गर्ने ती देउवा बाले उपचार गर्न आउनेसँग अनैतिक यौन क्रियाकलाप गर्ने गरेको खुलासा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

स्वर्गीय वीरेन्द्रको सम्पत्ति देखाउन विदेशी बैंकले मानेनन्


गोविन्द परियार,

काठमाडौं, फागुन ३ – विदेशी बैंकहरूले राजा वीरेन्द्रको नाममा रहेको नगद तथा जिन्सी’bout विवरण दिन अस्वीकार गरेका छन्। विदेशस्थित विभिन्न बैंकहरुले ‘व्यक्तिगत गोप्यता’ कारण जनाउँदै राष्ट्रबैंकलाई यस्तो सूचना दिन नमिल्ने जवाफ पठाएका हुन्। केही बैंकले मात्र वीरेन्द्र र उनको परिवारका नाममा कुनै मौज्दात नभएको पत्र पठाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

कारागार भित्रै नारावाजी र झडप, एक घाइते


समुन्द्र पौडेल, तनहुँ, फागुन ३ -कारागार भित्रको चमेना गृहमा मनपरी शुल्क असुल्ने गरेको भन्दै तनहुँ जिल्ला कारागारका बन्दीहरुले मंगलबार बिहान चमेना गृहका संचालक बन्दी दिपक विकलाई कुटेका छन्। नाकको फुट्नुका साथै, खुट्टा र ढाँडमा चोट लागेका विकको दमौली अस्पतालमा उपचार भइरहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्