Daily Archives: 13/02/2012

पूर्व प्रहरी महानिरीक्षकत्रयलाई २/२ वर्ष कैद र करौडौं जरिवाना


२/२ वर्ष कैद र जरिवानाको फैसला
१ फागुन, काठमाडौं । विशेष अदालतले सुडान घोटालामा पूर्व प्रहरी महानिरीक्षकत्रयलाई दोषी ठहर गर्दै २/२ वर्ष कैद र जरिवानाको फैसला सुनाएको छ । अदालतका अध्यक्ष गोरीबहादुर कार्की र सदस्यद्धय न्यायाधीश ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासले पूर्व प्रहरी महानिरीक्षकत्रय र ठेकेदारद्धयलाई दोषी ठहर गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

साउदी जेलभित्रै नेपालीले गरे आत्महत्या


धरम केसी

१ फागुन, रियाद । साउदी अरबको दमाम स्थित सफर जेलमा रहेका काभ्रे चण्डेनी वडा नं. ७ निवासी २७ बषिर्य चन्द्रबहादुर तामाङले शनिवार आत्महत्या गरेका छन् । जेलको ट्वाइलेटभित्र झुण्डिएको अवस्थामा चन्द्रको शव भेटिएको प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

राजधानीसहित प्रमुख सहरमा माओवादीको सभा हुँदै


खुलामञ्चमा दाहाल-वैद्य, पोखरामा भट्टराई-
काठमाडौँ, फागुन १ – २०५२ सालमा आजकै दिनदेखि सुरु गरेको सशस्त्र संघर्षको सम्झनामा माओवादीले आज राजधानीसहित देशका प्रमुख सहरमा केन्द्रीय नेताको उपस्थितिमा सभा गर्दैछ। काठमाडौँको सभामा अध्यक्ष पुष्पकमल दाहाल र पोखराको सभामा प्रधानमन्त्री बाबुराम भट्टराईले सम्बोधन गर्दैछन्। पढ्नेक्रम जारी राख्नुहोस्

लोडसेडिङ सातामा सात घण्टा घट्यो


( Ekantipur) काठमाडौ, फाल्गुन १ – नेपाल बिद्युत प्राधिकरणले सोमबारदेखि सात घण्टा लोडसेडिङ घटाएको छ । मध्यमर्स्याङ्दी बिद्युत गृहको मर्मत सकिएकाले लोडसेडिङ घटाउन सकिएको हो ।यसअघि सातामा ८८ घण्टा लोडसेडिङ गर्दै आएको प्राधिकरणले सोमबारदेखि ८१ घण्टाको लोडसेडिङ् सेड्युल सार्वजनिक गरेको हो ।

अव दैनिक कम्तीमा १० घण्टादेखि १३ घण्टा लोडसेडिङ हुनेछ ।

लोडसेडिङ्को तालिका यस्तो छ : पढ्नेक्रम जारी राख्नुहोस्