Daily Archives: 12/02/2012

एसीसी जित्‍ने महिला क्रिकेटरलाई बीस हजार रुपियाँसहित सम्मान


काठमाडौँ, माघ २९- दुई दिनअघि कुवेतमा सम्पन्न तेस्रो एसियाली यु-१९ क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई आज सम्मान गरिएको छ। कार्यक्रममा खेलाडीहरूलाई खेलकुदमन्त्री कमला रोक्काले प्रति खेलाडी रु. २० हजार रुपियाँ प्रदान गरिन्। सो रकम नेपाल क्रिकेट सङ्घ (क्यान) ले उपलब्ध गराएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

दाहालको ‘घरबेटी’ सुमार्गीकी जेठीसासु


किरण भण्डारी, काठमाडौं, माघ २९ – माओवादी अध्यक्ष पुष्पकमल दाहाल हालै ‘डेरा’ सरेको सुविधासम्पन्न घर उनका निकट व्यापारी अजय सुमार्गीकी जेठीसासुको नाममा रहेको खुलेको छ। लाजिम्पाटमा तीन रोपनी कम्पाउन्डसहितको आधुनिक बंगला केही महिना अघिमात्र शिशु अर्यालको नाममा पास गरिएको मालपोतको अभिलेखमा छ। उक्त बंगलाका पूर्व धनी नवलकिशोर अग्रवाल हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

बाग्लुङ मालपोत कार्यालयमा माओवादी कार्यकर्ताद्वारा तालाबन्दी


दिलीप पौडेल, बाग्लुङ, माघ २९- ‘जनसत्ता’ले पास गरेको घरजग्गालाई वैधानिकता दिनुपर्ने माग गर्दै माओवादी कार्यकर्ताले बाग्लुङ मालपोत कार्यालयमा तालाबन्दी गरेका छन्। पोलिटव्यूरो सदस्य लीलबहादुर थापाको नेतृत्‍वमा गएको माओवादी कार्यकर्ताले कार्यरत कर्मचारीलाई बाहिर निकाली तालाबन्दी गरेका हुन्।  पढ्नेक्रम जारी राख्नुहोस्

सुत्केरीको बाटोमै मृत्यु


भीमबहादुर सिंह
जाजरकोट, माघ २९ – जाजरकोटमा एक सुत्केरीको आइतबार बाटोमै मृत्यु भएको छ । पैक -२, मेलमिसाउकी ३८ वर्षीया मैसरा शाहको अस्पतालतर्फ लैजाँदै गर्दा ढीमे -९, नारे गाउँमा मृत्यु भएको हो । सुत्केरी ब्यथाबाट पिडित शाहलाई इलाका स्वास्थ्य चौकी घरंगाले मिसन अस्पताल चौरजहारी रिफर गरेपछि त्यस तर्फ लाँदै गर्दा बाटामै मृत्यु भएको स्थानीय उज्याल गिरीले बताए ।  पढ्नेक्रम जारी राख्नुहोस्

बिजयीसँग नेपाल फर्किए क्रिकेट खेलाडिहरु बिमानस्थलमा क्लब अध्यक्षबाट बिदाई


ईन्द्र भूषाल, कुवेत

ACC-U- १९ महिला नेपाली क्रिकेट टिम थाईल्याण्डलाई फाइनलमा नराम्रोसँग पराजित गरी बिजयी  हात हल्लाउँदै कुवेतबाट नेपाल फर्किएको छ। शुक्रबार  भएको फाइनल खेलमा थाईल्याण्डलाई ६ बिकेटले हराउदै सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई खुशी दिदै आज बिहान नेपाल फर्किएको हो । पढ्नेक्रम जारी राख्नुहोस्