Daily Archives: 11/02/2012

स्वागतको शुन्यता र बिजयी भएपछीको परिबेश,धेरै समय पछी खुशी बाढ्न पाए कुवेतवासी नेपालीहरुले


ईन्द्र भूषाल, कुवेत

 धुम्मिएको दिन नत धेरै जाडो नत सुर्यको न्यानो किरण यस्तै भयो पुरादिन कुवेतमा । मोटरहरुको उही रफ्तार भने हरेक शुक्रबार चहलपहल उत्तिनै तर प्रबासी  कुवेतवासी नेपालीहरुको मन भने अहमदिको हुबरा क्रिकेट मैदानमा, लगातार आफ्नो बिजयी  यात्रालाई अङ्गालेको नेपाली U-19  महिला क्रिकेट टिम अतिनै महत्वपूर्ण उपाधीको लागि थाईल्याण्डसँग भिड्दै थियो ।  पढ्नेक्रम जारी राख्नुहोस्

भ्रष्टाचारीलाई भगवानले नाँगै बनाइदिए के होला ?


२८  माघ, काठमाडौं । एक दिनका लागि भगवानले सबै भ्रष्टाचारीलाई नाँगै बनादिने हो भने काठमाण्डौं शहर कस्तो देखिएला ? सिंहदरबार छिरिसाध्ये हुन्थ्यो कि हुँदैनथियो होला ? यो प्रश्न अरुको होइन, सभामुख सुवासचन्द्र नेम्वाङको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार आफ्नै कार्यालय काठमाडौंमा गरेको कार्यक्रममा सभामुख नेम्वाङले मसक्क मसक्ँदै यसो भनिरहँदा उपस्थित सबै गललल्ल हाँसे । पढ्नेक्रम जारी राख्नुहोस्

सहमतिमा फेरि विलम्व, सभामुखसँग एक महिना मागिने


अब्दुल्लाह मियाँ

काठमाडौं, माघ २८ – विवादित विषयमा सहमति नजुटेपछि प्रमुख तीन दलले सभामुखसँग फेरि एक महिना समय माग्ने निर्णय गरेका छन् । शान्ति मन्त्रालयमा शनिबार अपरान्ह बसेको शीर्ष नेताहरुको बैठकले विवादित विषयमा सहमति जुटाउन एक महिना माग गर्ने निर्णय भएको कांग्रेस नेता कृष्ण सिटौलाले जानकारी दिए । ‘सहमति जुटाउन सकिएन,’ बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘सहमतिमै विवाद टुंग्याउन सभामुखसँग एक महिना माग्ने सहमति गरेका छौं ।’ पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकी राष्ट्रपति ओबामाको हत्या योजना बनाइएको खुलासा


वासिङ्टन (अमेरिका), माघ २८ (एजेन्सी)– अमेरिकी राष्ट्रपति बाराक ओबामाको हत्या योजना बनाएको एक उजबेक नागरिकले स्वीकार गरेका छन्। २२ वर्षीय उलुजबेक कोदिरोवले अमेरिकाको दक्षिण क्षेत्रमा अवस्थित एक अदालतमा चलिरहेको मुद्दाको सुनुवाईका क्रममा उक्त स्वीकारोक्ति गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

दशौं‌ आहा गोल्डकप उपाधि लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दी क्लबलाई


अजय फुयाल, पोखरा, माघ २८- लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दी क्लबले यहाँ सञ्चालित दशौं‌ आहा गोल्डकप फुटबल उपाधि जितेको छ। पोखरा रङ्गशालामा भर्खरै सकिएको फाइनलमा लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दीले सामसुङ जावलाखेल युथ क्लबलाई २-० ले हराएको हो। विजेता टिमका लागि शिव श्रेष्ठले ६१ औं मिनेटमा राम थापाको क्रसमा ओपनहेड गर्दै गोल गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्