माउन्ट एभरेष्ट एम.बि बमजम गोल्डकप शुरु हुन १ हप्ता मात्र बाँकी; राम्रो र अनुशासित खेलाडिहरुलाई कुवेतको नेपाली राष्ट्रिय टिममा खेल्ने अवसर


ईन्द्र भूषाल, कुवेत

माउन्ट एभरेष्ट स्पोर्टटिङ क्लबले हरेक साल सन्चालन गर्दै आएको माउन्ट एभरेष्ट एम.बि. बमजम गोल्डकप आगामी शुक्रवार अर्थात १७ फेबुअरीबाट जिलिबको S.D.F.C क्याम्पको मैदानमा सुरुहुन अब केवल एक हप्ता मात्र  बाँकी छ । कुवेतमा पुराना नेपाली फुट्बल टिमहरु अल्घानिम, स्विडिश, जासिम लगायत नयाँ धेरै टिमहरु सहित  कुल १२ टिमले भाग लिएको उक्त खेल निकै रोमान्चक र प्रर्तिसपर्दात्मक हुने भएको छ । ५ पटकसम्म लगातार गोल्डकपलाई आफ्नो कब्जामा लिएको अल्घानिम टिम नयाँ उदयमान टिम S.D.F.C सँग भिड्ने भएको छ ।

आफ्नो सुनौलो ईतिहासलाई पुन दोहोर्‍यार  दोहोरो ह्याट्रिक गर्न लालायित अल्घानिमका खेलाडीहरुले जितको लागि राम्रो खेल खेल्ने पक्कापक्की छ भने नयाँ उदयमान टिम पनि अति नै शक्तिशाली छ । तमु लोछारमा आयोजित खेलमा राम्रो खेल खेल्दै फाइनलको यात्रा तय गरेको उक्त टिम जोसिला खेलाडीले भरिएको छ । अर्को नयाँ उदयमान टिम पुर्वेली  टाइगर पनि राम्रो टिमको रुपमा अगाडि आएको छ । पुर्वेली टाइगर भने पनी खेलाडिहरु भने पुर्वखी पश्चिम  पोखरासम्मका हुनुहुन्छ । गत सालको स्विडिश पनि युवा खेलाडीले भरिएको छ भने प्रबाशी युवाको टिममा अल-अमाना टिमका खेलाडीहरुले दरिलो भएको छ ।

माउन्ट एभरेष्ट स्पोर्टटिङ क्लबले सन्चालन गर्ने यो गोल्डकपबाट अनुशासित र उत्कृष्ट खेलाडीहरु छानेर प्रवासी  दक्षिण एसियाली खेलकुद E-SAF-C मा नेपाली राष्ट्रिय  टिम कुवेतमा सम्मिलित गराई सात राष्ट्रसँगको पर्तिस्पर्धामा खेल्ने मौका पर्दान गरिने छ जुन खेलको आयोजना क्लबले गर्ने भएको छ । अनुशासन नै असल खेलाडीको गहना हो भन्ने खेल-मन्त्रलाई मान्दै राम्रो खेल खेल्न माउन्ट एभरेष्ट स्पोर्टटिङ क्लब सम्पूर्ण प्रवासी  कुवेतवासी नेपाली फुट्बल खेलाडी हरुलाई आग्रह गर्दछ ।

2 responses to “माउन्ट एभरेष्ट एम.बि बमजम गोल्डकप शुरु हुन १ हप्ता मात्र बाँकी; राम्रो र अनुशासित खेलाडिहरुलाई कुवेतको नेपाली राष्ट्रिय टिममा खेल्ने अवसर

  1. waiting for it ……………..thx for sports news even after long time

  2. Congratulation !! all of member’s….

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.