काठमाडौं, माघ २४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको छेउ (पूर्वपट्टी) घाँसे मैदानमा लागेको आगलागी नियन्त्रण बाहिर गएको छ। सेनाले अभ्यास गर्दा अनियन्त्रित भइ आगो फैलिएको हो। आगो नियन्त्रणमा काठमाडौँ, भक्तपुर र ललितपुरका सबै दमकलहरुको प्रयोग गरिएको विमानस्थलमा कार्यरत डीआइजी नारायण बस्ताकोटीले एभिन्युज टेलिभिजनलाई बताए।
विमानस्थल प्रहरीका अनुसार नियन्त्रणमा आउन नसकेको आगोले कुनै क्षति पुर्याएको छैन।
Source: Nagark