कुष्ठरोगी घरनिकाला


दल्ली (जाजरकोट), माघ २४ – कुष्ठरोगी भएकै कारण घरनिकाला गरिएका रुकुमका भागीदल विश्वकर्मा खगेनकोट, दल्लीस्थित स्वास्थ्यचौकीको शरणमा छन् ।

७ वर्षअघि कुष्ठरोगपीडित ७० वर्षीय भागीदललाई गतवर्ष उनका छोरा कृष्णले घरनिकाला गरेका हुन् । रुकुमको दुर्गम गाउँ खदी १, आंख्लेफिरंगीका उनी दल्ली बस्दै आएका छन् । रोग लागेपछि धामीझाँक्रीकहाँ उपचार गर्न लगे पनि निको नभएको उनले बताए । ‘अन्धविश्वासमा परेर ७ वर्षमा ८ वटा बोका बलि चढाइयो तर सन्चो भएन, उल्टै घरनिकाला हुनुपर्‍यो,’ उनले भने ।

उपचारका लागि स्वास्थ्य चौकी ल्याउँदा कुष्ठरोग पुष्टि भएपछि छोराले घरबाट निकालेको उनले बताए । ‘उपचार गर्दा सम्पत्ति सकिएको भन्दै घरनिकाला गरे,’ भागीदलले भने । उपचारको खोजीमा आठबिसकोट राडी बजार पुगेका उनलाई स्थानीयले जाजरकोटको अस्पतालमा स्वास्थ्य शिविरको आयोजना हुने भएकाले त्यसतर्फ जान सल्लाह दिएका थिए ।

गत वर्ष चैतमा जिल्ला अस्पताल, जाजरकोट पुगेका भागीदललाई कुष्ठरोग भएकाले नियमित रूपमा एक वर्ष सेवन गर्ने सल्लाह दिएपछि भागीदलले दल्लीस्थित स्वास्थ्यचौकी रोजेका हुन् । ‘आफनो गाउँमा रहेको स्वास्थ्यचौकीबाट औषधि नपाइने भएपछि मैले यो अस्पताल रोजेको हुँ,’ भागीदलले स्वाथ्यचौकी देखाउँदै भने । स्वास्थ्य चौकीले उनलाई भत्केको इलाका वन कार्यालयमा बास बस्ने व्यवस्था मिलाएपछि उनी हाल पत्नी रथीसँग बस्छन् ।

श्रीमती नजिकैको निर्मला होटलमा भाँडा माझ्ने काम गर्छिन् भने भागीदल प्लास्टिकका बोरा जम्मा गरेर डोरी बाटेर बेच्छन् । ‘निको भएर घर र्फके पनि छोराबुहारीले राख्ने हुन् कि होइनन्,’ उनले आशंका व्यक्त गरे ।

भागीदलको आँखा कमजोर भए पनि स्वास्थ्यमा सुधार आएको स्वास्थ्यकर्मीले बताए । ‘चैतमा नियमित औषधि खाएर सकिने भएकाले उनी र्फकन सक्छन्,’ इलाका स्वास्थ्य चौकी दल्लीका अहेब प्रेम चन्दले भने ।

Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.