थाइल्यान्डलाई हराएर नेपाल समूह विजेता


एसीसी यु-१९ महिला क्रिकेट उपाधिमा हृयाटि्रक गर्ने अभियानमा रहेको नेपाली टिम सोमबार थाइल्यान्डलाई चार विकेटले हराएर समूह ‘ए’ विजेता बनेको छ। नेपालले एक खेलअगावै सेमिफाइनलमा स्थान पक्का गरिसकेको थियो। नेपालले आफ्नो  समूहका चारै खेल जितेको छ।
एसियन क्रिकेट काउन्सिलको वेबसाइटले जनाएअनुसार नेपालले आज टस जिती पहिले ब्याटिङ गर्ने थाइल्यान्डलाई निर्धारित २५ ओभरमा चार विकेटको क्षतिमा ८६ रनमा रोकेको थियो। थाइल्यान्डका लागि एस सइनसाकाओरातले अविजित ३४ रनको पालि खेलिन्।

जवाफमा इन्दु वर्माले अविजित ४० रनको पालि खेली नेपाललाई २२.३ ओभरमा जित दिलाइन्। नेपालको जवाफ सहज भने हुन सकेन। नेपालले छ विकेटको क्षतिमा ८७ रन बनाएको थियो। इन्दु सर्वश्रेष्ठ खेलाडी घोषित भइन्। नेपालले बिहीबार सेमिफाइनलमा भुटानविरुद्ध खेल्नेछ।

थाइल्यान्डले सेमिफाइनलमा पुग्न अब यूएईलाई हराउनैपर्ने भएको छ अन्यथा चीन अन्तिम चारमा पुग्नेछ।

सुस्त पिचमा रन पछ्याउने क्रममा नेपालले कुल दुई रनमा अनुराधा चौधरीलाई गुमाएको थियो। दुई रनपछि शिलु रिजाल पनि एक रनमा छन्टमको बलिङमा एलबीडब्लू धरापमा परिन्। कुल १३ रन हुँदा कविता गौतम पनि आफूले सामना गरेको पहिलो बलमा नै रनआउट भएर पवेलियन फर्किन्। त्यसपछि नेपालको स्कोर तीन ओभरमा तीन विकेटको क्षतिमा १३ रन भएको थियो।

त्यसपछि सङ्कटको समयमा ब्याटिङ गर्न आएकी इन्दु वर्माले रुविनासँग मिलेर २८ रन र ममता चौधरीसँग मिलेर छैटौँ विकेटका लागि ४१ रनको साझेदारी गरी नेपाललाई जिताइन्। इन्दु अविजित ४० रनको पालिपछि सर्वश्रेष्ठ खेलाडी पनि घोषित भइन्।

यसअघि कप्तान रुविना क्षेत्रीले पुनः एकपटक सुरुमै विकेट लिने क्रममा स्कोर २ रन हुँदा विपक्षी टिमका कप्तान नाटकन छन्तमलाई बोल्ड गरेर नेपाललाई शानदार सुरुवात दिलाएकी थिइन्। नेपालले दसौँ ओभरमा दोस्रो विकेट हात पार्‍यो। सोनु खड्काको स्थानमा बलिङ गर्न आएकी सन्तोषी कुमारीले सैनामिनलाई नौ रनमा आउट पारिन्। त्यसपछि चीनविरुद्धको खेलमा अविजित ६८ रनको पालि खेल्ने चानिदा सुथिराङले पनि थाइल्यान्डको पालिलाई लयमा ल्याउन सकिनन्। नेपालको सटीक बलिङले थाइल्यान्डलाई रन बनाउन निकै कठिन भएको थियो।

थाइल्यान्डले आफ्नो  पालिको मध्य भाग १३ ओभरमा दुई विकेटको क्षतिमा मात्र ३५ रन बनाएको थियो। चानिदालाई सङ्गिता गौचनले बोल्ड गरेपछि इन्दुले फिराओ काम्लालाई रनआउट गरिन्। इन्दु र काम्ला दुवै यस प्रतियोगितामा दर्शकका लोकपि्रय खेलाडीका रूपमा रहेका छन्। थाइल्यान्डका लागि एस सइनसाकाओरातले अविजित ३४ रनको पालि खेलिन्।

Source: Gorkhapatra

One response to “थाइल्यान्डलाई हराएर नेपाल समूह विजेता

  1. यदी यहाँ को एसिसी अंपार हरुले फेयर खेलाएको खण्डमा नेपालले १००% जित्ने सम्भावना छ। तर यहाँ अंपार हरुले नेपाल लाई हराउन को लागि ठुलो जाल गरिराखेका छन किनकी यस्पाली कुवेतलाई जिताउन को लागि सबै अंपार लागेका छन तर केहीछैन अंपार लाई नै पनि थाहा रहिछ कि महिले गल्ती गरे भनेर त्यसैले शायद आउदो गेम मा पनि केही गर्ला तर हामी दर्सक हरु अलीक धेरैमा धेरै जम्मा हुन अती आवस्यक छ हाम्रो टिम लाई जिताउन त्यसै करण सम्पूर्ण कुवेत बासी नेपाली दाजु भाई तथा दिदी बहिनी हरुलाई बिहीवार सेमी फाइनल हेर्नको आउनको को लागि हार्दिक अनुरोध गर्दछु। धर्म राज गिरी एन आर एन ए एन सि सी माउन्ट एभ्रेस्ट स्पोर्टिङ् काठमाडौं कुवेत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.